लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलको नयाँगाउँ खानेपानीको स्पष्टोक्ति, साधारणसभा कानुन सम्मत

IMG

बुटवल । बुटवलको नयाँगाउँ खानेपानी उपभोक्ता समितिले साधारणसभा कानुन बमोजिम नै गरिएको दाबी गरेको छ ।  केही परिषद् सदस्यहरुले बाहिर भने जस्तो संस्थामा कुनै पनि अनियमितता समेत नभएको जनाएको छ ।शुक्रबार खानेपानी संस्थाले पत्रकार सम्मेलनको आयोजना गरि बाहिर भनिए जस्तो साधारणसभा गैरकानुनी र अनियमितता भएको भन्ने विषयमा कुनै पनि सत्यता नभएको खानेपानी संस्थाकी अध्यक्ष मिना घर्ति जिसिले दाबी गरिन् । ३ वर्षसम्म हुन नसकेको साधरणसभा आफु निर्वाचित भए पछि गर्न सफल भएको बताइन् ।


‘नयाँगाउँ खानेपानीको ३ वर्षदेखि साधारणसभा नै भएको थिएन्, मेरो नेतृत्वको कार्यसमितिले ४ महिनामा नै साधारणसभा गरेको छ, यसमा त हामीलाई धन्यवाद पो दिनु पर्ने हो नि,’ अध्यक्ष जिसिले भनिन् ।यस्तै आफ्नो नेतृत्वको कार्यसमितिले पानीको शुल्क समेत घटाएको अध्यक्ष जिसिले बताइन् । पहिला १२ हजार लिटर पानीको शुल्क १०० रहेकामा आफुहरुले यसलाई घटाएर ८० रुपियाँ कायम गरेको बताइन् । साथै महिलाको नाममा धारा जडान गर्दा ६.५ प्रतिशत छुटको व्यवस्था गरिएको बताइन् ।


साथै अध्यक्ष जिसिले बाहिर कुरा गर्न भन्दा पनि संस्थाको आधिकारिक बैठक तथा साधारणसभामा आएर आफ्ना भनाई राख्न परिषद् सदस्यहरुलाई आग्रह गरिन् । ‘केही असन्तुष्टि छन् भने साधारणसभामै राखेको भए राम्रो हुने थियो, राम्रा सुझाव र सल्लाहलाई हामी आत्मसाथ गर्न तयार नै छैँ, संस्थाको दिर्घकालिन हित हुने केही योजना छन् भनेर कार्यालयमा आएर भनुस् त्यसलाई पुरा गछौँ,’–उनले भनिन् । 


खानेपानी संस्थाका कानुनी सल्लाहाकार लेखनाथ ढकालले २६ जना परिषद् सदस्यहरुले भने जस्तो ,उपभोक्ता सहितको साधारणसभा गर्न आधा भन्दा बढी उपभोक्ता आउनु पर्ने बताउँदै बहुमत बिनाको साधारण सभालाई कानुनले नचिन्ने बताए । कानुनमा नै स्पस्ट रुपमा ५०० भन्दा बढी उपभोक्ता भएको संस्थाको साधारणसभा परिषद् सदस्यद्वारा गर्ने व्यवस्था रहेको बताए । ‘खानेपानीमा ४८०० उपभोक्ता हुनु हुन्छ, तर, उपभोक्तासहितको साधारणसभामा बहुमत सदस्य उपस्थित हुने सम्भावना नै हुँदैन्, बहुमत सदस्य विना गरिने कामलाई कानुनले चिन्दैन्, यो कुरा माग गर्नेहरुलाई पनि थाहा छ,’–उनले भने । 


खानेपानी संस्था अन्तर्गत बँदेल पोखरी टंकी मर्मत उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद भुसालले निर्माणको काममा कुनै पनि आर्थिक अनियमितता भएको भने कुरामा सत्यता नरहेको बताए । समस्यामा मजदुर नपाउँदा टंकी मर्मतको फिनिसिङ्ग गर्न केही समय रोकिएको र त्यसलाई देखाएर अनियमितता भयो भन्नु आफैमा गलग रहेको दाबी गरे । अहिले मर्मतको काम पूर्ण रुपमा सम्पन्न भइसकेको उनले बताए । 


बुटवल उपमहानगरपालिका-१२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्माले काम गर्दा विभिन्न उजुरी पर्नु सामान्य नै भएकाले खानेपानी उपभोक्ता समितिलाई कानुुन बमोजिमको काम गर्न डराउन नहुने बताए । खोनपानी संस्थाको १६ औँ साधारणसभा २६ जना परिषद् सदस्यहरुको बहिष्कारका विच यही कात्तिक २६ गते भएको थियो ।गिरिप्रसाद मरासिनी, बामदेव भुसाल र प्रेम आचार्यसहितका २६ जना परिषद् सदस्यहरुले चरम आर्थिक अनियमितता भएको भन्दै उपभोक्तासहितको साधारणसभाको माग गदै साधारणसभा बहिस्कार गरेका थिए ।

कमेन्ट गर्नुहोस्