लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको बभनी भूतपूर्व सैनिक आधारभूत बिद्यालयमा मङ्सिर १५ गतेदेखि बिराट ज्ञान महायज्ञ हुदै

IMG

बभनी। रुपन्देहीको तिलोत्तमा स्थित बभनी भूतपूर्व सैनिक आधारभूत बिद्यालय परिसरमा आगामी मङ्सिर १५ गतेदेखि २३ गतेसम्म महायज्ञ हुने भएको छ। श्रीमद् भागवत धानधान्याचल विराट ज्ञानमहायज्ञ-२०८२ नाम दिइएको सो महायज्ञ बिद्यालयको गुणस्तर संगै भौतिक संरचना र प्राबिधिक शिक्षाका लागि टेवा पुग्ने उद्देश्यसहित आयोजना गर्न लागिएको शनिबार सम्पन्न पत्रकार सम्मेलनमा बिद्यालयका प्रधानाध्यापक मनोज केसीले बताउनुभयो।


तिलोत्तमा-१४ टाइगर प्यालेस जाने बाटोदेखि १ सय ५० मिटर उत्तर रहेको सो बिद्यालयमा अहिले ५ कक्षासम्म अध्यापन हुँदै आएको छ। बिद्यालयको स्तरोन्नति गर्दै यहानका भौतिक संरचना, मैदान, कम्प्युटर तथा बिज्ञान प्रयोगशाला, सहित बिद्यालयलाई अग्रेजी माध्यममा ८ कक्षा सम्म अध्ययन गर्ने ब्यबस्था मिलाउन सो महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ। भुषण श्री चैतन्य कृष्ण जी महाराजको मुखारबिन्दबाट हुने बैज्ञानिक विवेचनाका साथ् संगीतमय कथा प्रबचन भक्ति आरती एबम धाराप्रवाह श्रीमदभागवत महायज्ञ हुने सो स्थानमा सबै धर्मानुरागी सनातन धर्मका कथा श्रवणधारीहरुलाई सादर निमन्त्रणा गरिएको आयोजकले जानकारी दिएका छन् ।


चैतन्य कृष्ण महाराजद्वारा महायज्ञमा कथा वाचन गरिने बताइएको छ। घर–घरमा ज्ञान, ध्यान र योग पुर्‍याइ युवालाई राष्ट्र निर्माणमा सक्षम बनाउने योजना सहित विद्यालयको समग्र बिकासको लक्ष्य रहेको महायज्ञ मूल आयोजक समितिको भनाइ छ। महायज्ञमा करिब ५० हजार भक्तजन उपस्थित हुने अनुमान गरिएको छ। महायज्ञ आयोजनाका लागि विभिन्न समिति, उपसमिति गठन गरिएको छ भने महायज्ञ स्थलसम्म जान यात्रुबस समेत संचालन गरिने छ।


बिहानैबाट योग शिविर, रुद्री पाठपारायण,श्रीमद भागवत दार्शनिक प्रवचन,बालसंस्कार कार्यक्रम, आरती,सन्ध्यामा भजन कृतन समेत हुने महायज्ञमा तन, मन र धनले सहयोग गर्न र शिक्षामा योगदान गर्न आयोजक बिद्यालयले आग्रह गरेको छ। महायज्ञमा तुलादान , भूमिदान, अन्नदान, गौदान, पितृदान , ब्राहमण भोजन, आरती सेवा, बिशेष पुजा, ब्राहमण बरण, ब्रतबन्ध, बिबाह, र चौरासी पुजा समेत गरीने विद्यालयका अध्यक्ष रतन भण्डारीले जानकारी दिएका छन् । महायज्ञमा गक्ष अनुसार दान गर्ने दानदाताहरुलाई बिशेष सम्मान सहित सम्मान गरिने समेत विद्यालयले जनाएको छ। 

कमेन्ट गर्नुहोस्