लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

झण्डै २३ लाखको सामान बरामद

IMG

भैरहवा। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ । शुक्रबार र शनिबार विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी मूल्य २२ लाख ८८ हजार २ सय २८ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


नियन्त्रणमा लिइएका सामान आइतबारआवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनुभयो ।डीएसपी कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–२ स्थित मैनिहवाबाट ऊलन लेडिज कुर्ता, बच्चाको मोजा, टोपी, टाउजर सेट, हुडी, जेन्स मोजा गरी १ लाख २५ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।


त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा नगरपालिका–३ स्थित शंकरनगरबााट भारतीय नम्बर प्लेटको कार पछाडी सिटमुनी लुकाइछिपाई बिलबिजक नभएको सामानहरु बरामद गरेको छ । सामान र कारसहित गरी १८ लाख ४० हजार २ सय २८ रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले उक्त कारबाट ल्यापटपको चार्जर झोला, पहेलो रंगको धातुबाट बनेको जस्तो देखिने गाई आकारको मूर्ति, मदिराका बोतल, विभिन्न कम्पनीका मोबाईलको डिस्प्ले र डिस्प्लेका प्याकेट र गमको प्याकेटहरु बरामद गरेको छ ।


त्यसै गरी प्रहरी चौकी शिवपुर गोनाहा र प्रहरी चौकी मर्यादपुरबाट खटिएको संयुक्त टोलीले मायादेवी गाउँपालिका–५ स्थित गोनाहाबाट मोटरसाइकल, उलन लेडिज सुट, उनि सल, काँचो कपडा, लेडिज बाक्लो उलन सुट, काचो कपडा गरी ३ लाख २२ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्