
तिलोत्तमा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजेड युवाहरूले भदौ २३ गते गरेको आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भएको बताएका छन् ।आइतबार राष्ट्रिय युवा सङ्घको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवाहरूलाई भड्काउन र युवा सेन्टिमेन्ट बढाउन ‘जेनेरेसन जेड’ भनेर प्रचार गरिएको समेत बताए ।“युवाहरूले राम्रा माग राखेर भदौ २३ गते आन्दोलन आह्वान गर्नुभएको थियो ।
” पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, “माइतीघरदेखि नै युवाहरूका माग र मुद्दा खोसाखोस चलिरहेको थियो ।”उनले दाबी गरे कि युवाहरू माइतीघर मण्डलामा पुग्नुभन्दा अघि नै उनीहरूका मुद्दा, माग र आन्दोलन खोस्ने तत्वहरू त्यहाँ जम्मा भइसकेका थिए ।“युवाहरूले जसोतसो होटल एभरेष्टसम्म आन्दोलनलाई पुर्याएका थिए,” ओलीले भने, “त्यसपछि निषेधाज्ञा तोड्ने, ब्यारेकेट तोड्ने, अवज्ञा गर्ने र भिडन्तको राजनीति गर्ने काम भयो ।”
कमेन्ट गर्नुहोस्