
तिलोत्तमा। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेपनि दक्षिण कोरिया पठाउन ढिलाइ भएपछि नेपाली कामदारहरूले आन्दोलन सुरु गरेका छन् ।भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्न लाग्दा समेत कोरिया जान नपाएका कामदारहरूले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा घेराउ गरेका छन् ।
सन् २०२५ का लागि १६३००० जना परीक्षामा सहभागी भएका थिए भने १७०३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए ।उत्तीर्ण अधिकांशको अहिलेसम्म करार सम्झौता नभएको कारण, उनीहरू दक्षिण कोरिया जान पाएका छैनन् । कामदारहरूले माग गरेका छन् कि पहिले पास भएका कामदारलाई थप विज्ञान र सीप परीक्षा लिन नदिई कोरिया पठाउनुपर्छ ।सन् २००८ देखि दक्षिण कोरियाले ईपीएस प्रणालीमार्फत नेपाली कामदार लैजान थालेको थियो । हाल कोरियामा करिब 1 लाख नेपाली कामदार कार्यरत छन् ।
कमेन्ट गर्नुहोस्