
बुटवल। पन्चे बाजाको पाच ताल र नौमती बाजाले बिहीबार बुटवलको कालिकानगर निकै गुन्जियो । कालिका स्पोट्र्स क्लब बुटवलले बिहीबार विशेष सास्कृतिक कार्यक्रम आयोजना गरेको थियो । सो सास्कृतिक कार्यक्रममा महिला कलाकारहरुले पन्चेबाजा र नौमती बाजाका नयाँ नया तालमा दर्शकहरुलाई नचाए । कालिका स्पोट्र्स क्लबले सिन्धुलि कलाघरको विशेष प्रस्तुतिसहित विशेष सास्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।
यसैबीच बुटवल उपमहानगरको सहयोगमा निर्मित कालिका स्पोट्र्स क्लबको खेल मैदान र नव निर्मित सौचालयको बिहीबार उदघाटन गरिएको छ। कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले सास्कृतिक कार्यक्रमको माध्यमबाट समाजमा देखा परेका बिकृति विसङगतिको विरुद्धमा जनचेतना फैलाउनु प्रसंशनिय भएको बताए ।बुटवल उपमहानगरपालिका वडानम्बर १० का अध्यक्ष बल बहादुर पुनले क्लबहरु धेरै छन तर कालिका स्पोर्ट्स क्लब जस्तो कल्ब अरु कल्ब नभएको र स्थापनाको छोटो समयमा गरेको कामको प्रसम्सा सङै अगामि दिनमा पनि क्लबले रचनात्मक काम गर्दै जाने र आगामी दिनमा वडा सङै सहकार्य गरेर अगाडि बढने बताए।
कालिका स्पोट्र्स क्लब तथा सांस्कृतिक कार्यक्रमका सम्योजक होम बहादुर गलामिले सास्कृतिक कार्यक्रमबाट बचेको रकमबाट खुल्ला ब्याम स्थल निर्माण गर्ने बताए । खेलमैदानको स्तर उन्नति गर्न र कला सस्कृतिको संरक्षण र सम्वर्धन गर्नु कार्यक्रम आयोजना गरिएको उनले बताए ।सास्कृतिक कार्यक्रममा महिला कलाकारहरुले पन्चेबाजाका ताल गुन्जाए । त्यति मात्रै होइन महिला कलाकारहरुले आफूसंगै दर्शकहरुलाई पनि नचाएका थिए । कार्यक्रममा उपाध्यक्ष ज्ञान कुमारि रानाको अध्यक्षता र सचीव मिन सारुको सन्चालमा भएको कार्यक्रममा सम्योजक होम बहादुर गलामिको स्वागतमा भएको थियो। कार्यक्रममा सिन्धुलि कलाघरका कलाकारहरूले जनचेतना मुलक नाटक, सास्कृतिक प्रस्तुति राखेका थिए । कार्यक्रममा अतिथिहरुलाइ र बिशेष सहयोग गर्ने सहयोगिहरुलाइ सम्मान का साथे मायाको चिनो प्रदान गरिएको थियो।
कमेन्ट गर्नुहोस्