लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बर्दघाटमा भाइले गरे सहोदर दाईको हत्या

IMG

नवलपरासी,बर्दघाट ।नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–१ पुनर्बासमा एक भाइले आफ्नै दाजुको हत्या गरेका छन् ।शुक्रबार राति करिब १ः३० बजे पुनर्बासका ३४ वर्षीय चित्रबहादुर शाहीले झगडाको क्रममा घरमै राखिएको टाइल, इँटा र कोदालोको बिडले प्रहार गरी आफ्ना ३६ वर्षीय सहोदर दाजु कृष्णबहादुर शाहीको हत्या गरेका हुन् ।घटनाको जानकारी इलाका प्रहरी कार्यालय बर्दघाटमा राति ४ः५५ बजे प्राप्त भएपछि प्रहरी निरीक्षक कृष्ण डाँगीको कमान्डमा खटिएको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्