लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुकुमपश्चिम दुर्घटना : मृतक ६ जनाको पहिचान खुल्यो, १० घाइते (नामावली)

IMG

रुकुमपूर्व । रुकुम पश्‍चिमको बाँफिकोट गाउँपालिका-७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको परिचय खुलेको छ ।मृत्यु हुनेमा रूकुम पश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला वि.क., २२ वर्षीया गोपाल ओली रहेका छन् ।


प्रहरी निरीक्षक बिष्णुप्रसाद ओलीले जानकारी दिए अनुसार, दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। एक जनाको भने सनाखत हुन सकेको छैन ।दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेहरुको  परिचय खुलेको छैन ।घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले  लगिँदैछ ।

कमेन्ट गर्नुहोस्