लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पारिश्रमिक कमभएको भन्दै, श्रम शोषणका बिरुद्ध भैरहवा मेडिकल कलेजका नर्सहरु आन्दोलित

IMG

भैरहवा। न्यूनतम तलब वृद्धिको माग गर्दै भैरहवा मेडिकल कलेजका नर्सहरूले आन्दोलन थालेका छन्।सिद्धार्थनगर रानीगाउँ भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एण्ड टिचिङ्ग हस्पिटल (भैरहवा मेडिकल कलेज) का नर्सिङ स्टाफले काम बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनका कारण भैरहवा मेडिकल कलेजको स्वास्थ्य सेवा प्रभावित बनेको थियो।  यसैबीच अस्पताल प्रशासन र नर्सहरु बीच छलफल जारी रहेको भएपनि प्रशासनको तर्फ़बाट अझ कठोर बक्तव्य आएका कारण मौखिक जवाफमा आफुहरु ससंकित भएको नर्सहरुको भनाई छ।


काम सिक्न पाईने र स्किल डेभलप हुने चिन्ताले मात्र आफुहरु चुप बसेको तर श्रम शोषण गर्ने र पारिश्रमिकको बिषयमा प्रसासन गम्भीर नबनेको प्रति नर्सहरुले दुख व्यक्त गरेका छन्।आफुहरु पढ्दा निकै खर्च भएको तर श्रमको मूल्य कम भएकोमा प्रशासन उदार हूनुपर्ने भन्दै नर्सहरुले पारिश्रमिकको बिषयमा नसोचे कडा कदम चाल्ने बताएका छन् ।आन्दोलनरत नर्सहरुले कात्तिक २ गतेसम्म भर्ना भएका विरामीहरुलाई कात्तिक ११ गतेसम्म कालोपट्टी बाधेर सेवा दिने जनाएका छन् ।  साथै उनीहरुले यो अवधिमा नयाँ विरामी भर्ना नलिने र अस्पताल प्रशासनले लिएमा त्यसको जिम्मेवारी आफु नहुने चेतावनी समेत दिएका छन् ।


यस्तै ११ गतेसम्म पनि आफ्ना मागहरु पुरा नभएमा नर्स तथा प्यारामिडिक्सहरुले पेन डाउन गरेर सेवा नदिने आन्दोलनरत एक नर्सले बताइन् ।अस्पतालमा कार्यरत नर्स तथा प्यारामेडिक्सहरुले तिहारलाई लक्षित गरी आन्दोलनको तालिकालाई परिमार्जन गरेको आन्दोलनरत एक नर्सले बताए । तिहार पछि मागहरु सम्बोधन नभएमा अझ कडा आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।सरकारले ०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा–सुविधा सरकारीसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस)सहित देशभरका विभिन्न अस्पतालका नर्स यही निर्णयलाई टेकेर आन्दोलित भएका हुन्।


यसअघि पोखराको मणिपाल, गण्डकी मेडिकल कलेज, विराट मेडिकल कलेज लगायतमा पनि नर्स तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका थिए। द‍ेशका अन्य निजी संस्थाहरुका नर्सहरु पनि उचित पारिश्रमिक प्राप्त नभएको भन्दै आन्दोलित छन्। सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको छ। मन्त्रालयमा छलफल जारी छ।


कमेन्ट गर्नुहोस्