लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भगौडा कैदीबन्दीहरू कारागर ल्याउन गृहको खोजी, नियन्त्रण र पक्राउ अभियान तिब्र

IMG

काठमाडौँ- जेन जी आन्दोलको समयमा विभिन्न कारागर र हिरासतबाट भागेका कैदीबन्दीहरुलाइ पुन कारागरमा फर्काउने गरी गृह प्रशासनले खोजी पक्राउ अभियान सुरु गरेको छ । मन्त्रिस्तरीय निर्णय गर्दै गृहले जेनजी आन्दोलनको क्रममा भागेर बाहिर रहेका कैदीबन्दी हरुलाई कारागारमा शीघ्र फिर्ता ल्याउने कार्यलाई अघि बढाएको हो ।


जस अनुसार कारागर ब्यवस्थापन विभागले आज जेनजी आन्दोलनको क्रममा कारागरबाट भागेका ५ हजार ५ सय ४७ कैदीको नामावली सार्वजनिक गर्दै खोजी, नियन्त्रण र पक्राउ अभियानमा लाग्न आग्रह गरेको छ ।गत भदौ २३ २ २४ गते भएको आन्दोलनका दौरानमा देशका विभिन्न स्थानमा रहेकाकारागारबाट भागी गएका कैदीबन्दीहरुलाई कारागारमा फर्काउन गरिएका विभिन्न प्रयासहरूका बावजूद उल्लेख्यसंख्यामा कैदीबन्दीहरू कारागार बाहिर रहेकोले खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन विभिन्न निर्णय गृहले गरेको छ ।


मन्त्रीस्तर निर्णय भई विभिन्न सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्यनिकायका प्रतिनिधि सदस्य रहने गरी “फरार बन्दी खोजी तथा पक्राउ कार्यदल” गठन गरी जिल्लास्तरमा कार्य भईरहेक समेत गृहले स्पष्ट पारेको छ ।हालसम्म ९,००८ जना कैदीबन्दीहरू कारागारमा आइ सकेको भएतापनि आझै पनि५, ५४७ जना कैदीबन्दीहरू कारागार वाहिर रहेको अवस्था रहेकोले बाहिर रहेका छन् ।


कैदीबन्दीहरुलाई कारागारमाशीघ्र फिर्ता ल्याउने कार्यलाई अझ प्रभावकारी बनाउन हालसम्म फरार रहेका कैदीबन्दीहरूको सम्बन्धमा सम्बन्धित कारागार कार्यालयहरूवाट प्राप्त नामावली सहितको विवरण गृह मन्त्रालय मार्फत निर्वाचन आयोग, सुरक्षा निकायहरू, अध्यागमन विभाग,भूमि व्यवस्थापनतथा अभिलेख विभाग, यातायात व्यवस्थापन विभाग, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग,नापी विभाग लगायतका सेबाग्राहीहरूको आवागमन धेरै हुने निकायहरू तथा यस विभाग मार्फत ७७ बटैजिल्ला प्रशासन कार्यालयहरूमा समेत पठाउने निर्णय गर्दै यस्तो सूची सार्वजनिक गरिएको गृहले जनाएको छ ।


यसै गरी गृहले फरार कैदीबन्दीहरूको विवरण सबै जिल्ला प्रशासन कार्यालयहरूको Website मार्फत समेत सार्वजनिक गर्न र  सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरू तथा सो अन्तर्गत रहेका कार्यदलहरूले आफ्नो जिल्ला भित्र रहेकासार्वजनिक सेवा प्रवाह ग्ने सबै तहका निकाय/कार्यालयहरूमा विवरण पठाई फरार कैदीबन्दीहरू सेवा प्राप्तगर्न आएका बखत सोको सूचना सम्बन्धित जिल्ला प्रशासन कार्यालय, कार्यदल र सुरक्षा निकायमा खबर गरी पक्राउ गर्न सहयोग गर्न समेत एक सूचना मार्फत गृहले  आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्