लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चाडपर्व नजिकिएसँगै भारत गएका नेपाली घर फर्कँदै

IMG

कैलाली – बडादशैँ आउनै लाग्दा रोजगारीका लागि छिमेकी देश भारत गएकाहरू घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमासुरक्षा गुल्म धनगढीले जनाएको छ ।


सीमासुरक्षा गुल्मका अनुसार त्रिनगर सीमा नाकाबाट एक हप्तामा चार हजार सात सय ७३ जना नेपाली भारतका विभिन्न शहरबाट रोजगारी गरी फर्किएका छन् । हरेक दिन यो नाकाबाट भित्रिनेको सङ्ख्या बढ्दै गएको सीमा सुरक्षा गुल्मबाट प्राप्त तथ्याङ्कमा उल्लेख छ । भन्सार सीमा नाकामा यात्रुहरूको सहजताका लागि सीमा सुरक्षा गुल्म निर्माणसँगै घर फर्कँदा सहज भएको यात्रुहरुको भनाइ छ । 

कमेन्ट गर्नुहोस्