
मणिग्राम। हामी सेवा गर्छौं’ भन्ने मूल नाराका साथ स्थापना भएको लायन्स क्लबहरुको डिष्ट्रिक ३२५ पी नेपालको फस्ट क्याबिनेट मिटिङ्ग तथा ८ सय भन्दा बढी क्याबिनेट अफिसर्सहरुको पदस्थापन कार्यक्रम यही भदौ १४ गते मणिग्राम डिमल्याण्ड गोल्ड रिसोर्टमा हुने भएको छ । लायन्स ३२५ पी का एरिया ३ का एरिया चिफ कृष्णप्रसाद खनालले बर्ष २०२५/२०२६ भैरहेका विभिन्न सामाजिक कार्यहरुको समीक्षा हुने जानकारी दिनुभयो ।
क्लबहरुले र डिष्ट्रिकका पदाधिकारी र क्लबहरुका अध्यक्षलाई सामाजिक कार्यको मूल्यांकन गरी सम्मान गरिने जानकारी दिनुभयो । यो वर्षभरी लायन्स क्लबको इतिहासमा रहने गरि समाजीक कार्य गर्ने र विश्वव्यापी पहुँच रहेको भन्दै अझै बढी सेवा भावलाई अगाडि बढाउनुपर्ने सामाजिक सेवा गर्नेको लागि समीक्षा गरी काम गर्ने क्लबहरुका विभिन्न प्रोजेक्टलाई आर्थिक व्यवस्थापन गर्र्नेे उत्प्रेणा प्रदान गरिने डिष्ट्रिक सचिव एमएल पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा बंलादेशबाट इन्टरनेशनल डारेक्टर नाजकुल हकको प्रमुख आतित्थ्यतामा तथा डिष्ट्रिक गभर्नर बालाराम भट्टराई को अध्यक्षता हुने भएको छ ।
उक्त कार्यक्रममा पाष्ट ईन्टरनेशनल डाईरेक्टर ,लायन्स नेताहरु, मल्टिपल चियर पर्सन, नि बर्तामान गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग,प्रथम भाइस ड्रिष्टिक गर्भनर सन्दीप कसौधन, द्वितीय भाइस डिष्ट्रिक गभर्नर मिना पन्थी, पूर्व गभर्नरहरु अर्जुनमान सैंजु, नवराज न्यौपाने,अरुण प्रताप राणा, सुनिल ओझा, अनुप पहारी, महेन्द्रनारायण श्रेष्ठ लगायतले सम्वोधन गर्ने रहेको डिष्ट्रिक सचिव पाण्डेले बताउनुभयो । उक्क्त कार्यक्रमा प्रमुख बक्ताको रुपमा बरिष्ठ पत्रकार जगदिश खरेलले स्पष्ट, दृष्टिकोण र निष्पक्ष,नीति र नेतृत्वबारे समाजमा कसरी सामाजिक उद्धमशिलता मार्फत समावेशिता गर्ने सकिन्छ तथा लायन्स मार्फत समाजमा पार्न सक्ने प्रभाव भन्ने बारेमा बिशेष प्रस्तुति दिने छन ।
लायन्स क्लव हाल विश्वको २ सय १० भन्दा बढि राष्ट्रहरुमा बिस्तार भई विश्व को विभिन्न देश लगायत नेपालको विभिन्न क्षेत्रमा बिगत लामो समय देखि सामाजिक क्षेत्रमा निशुल्क कार्य गर्दै आइरहेको छ । जस्तैः बाढिपिडित, दैविप्रकोपमा आपतकालिन सहयोग प्रदान, नेपालमा विभिन्न अस्पतालहरु जस्तै आँखा अस्पताल, प्रसुति अस्पताल, दन्त अस्पताल, स्वास्थ्य क्लिनिकहरु लगायत भुकम्प पछि विद्यालयहरुको बनाउदै आएको र यो वर्ष २०२५/२६ को मूल नारा ‘खुसी मन-सहयोगी हातहरू’ लाई आत्मसाथ गर्दै यो बर्ष समाजमा सेवा गरिने गर्भनर भट्टराई बताउनुभयो ।संयोजक एरिया ३ का चिफ कृष्ण प्रसाद खनालका अनुसार कार्यक्रममा नेपालका विभिन्न भाषा, सस्कृती, कौशल झल्कीने सास्कृतिक कार्यक्रम हुने बताउनुभयो ।लायन्स एरिया नम्बर ३ को आयोजनामा हुने कार्यक्रममा करिव १ हजार ५ सय भन्दा बढी लायन्स तथा लियोहरुको सहभागीता रहने आयोजकले जनाएका छन् । लायन्स डिष्ट्रिक ३२५ पी अन्तर्गत नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु काठमाण्डौसहितका १ सय ५७ वटा क्लबमा ४ हजार ६ सय ७ जना सदस्य छ ।
कमेन्ट गर्नुहोस्