लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जन्मदिनमा अभिभावकले दिए नवजात शिशुलाई जीवन बीमा उपहार

IMG

देवदह। जन्मदिनमा विभिन्न खालको उपहार दिने प्रचलन त समाजमा व्याप्त रहेको छ।  तर पछिल्लोपटक आफ्नो सन्ततिको लागि जिबन सुरक्षाको निम्ति धेरै अभिभावकले सोच बनाएको देखिन्छ।  ति मध्ये देवदह-६, मिलनचोकका समाजसेवी डालेश्वर न्यौपाने र उनकी धर्मपत्नी सन्ध्या न्यौपानेले छोराको जीवन सुरक्षका लागि बिमा गरिदिएर उपहार प्रदान गरेका छन्। न्यौपाने दम्पत्तिले आफ्ना सुपुत्र निर्वाण न्यौपानेलाई जन्मोत्सवको अवसरमा १० लाख रुपैयाँको जीवन बीमा उपहार प्रदान गर्नुभएको हो। उनीहरुले सो जीवन बीमा योजना सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, देवदह शाखा मार्फत एजेन्सी म्यानेजर मित्रलाल न्यौपानेलाई सम्झौता गर्दै बिमा शुरु गरिदिनुभएको हो। 


सो अवसरमा शाखा प्रमुख बिनिता श्रीसले बीमाको आवश्यकता र महत्वबारे विशेष प्रकाश पार्दै अबको सबै परिवारले बिमामा सहभागी भएर सुरक्षित जिबनको परिकल्पना गर्नु पर्ने बताउनुभयो। पछिल्लो पटक विभिन्न शुभ कार्य , जन्मोत्सव वा विवाहजस्ता अवसरमा सुन–चाँदी वा भौतिक सामग्रीभन्दा पनि बीमा पॉलिसी उपहार दिने संस्कार विकसित हुनु सकारात्मक र दूरदर्शी सोच भएको शाखा प्रमुख श्रीसले बताउनुभयो।


बिमाले बालबालिकाको भविष्यलाई सुरक्षित र उज्ज्वल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने हुँदा अब सबै अभिभावकले त्यस्तो खालको सिच बनाउनु पर्ने श्रीसले जानकारी दिनुभयो। ।”शाखा प्रमुख श्रीसको भनाइअनुसार पछिल्ला वर्षहरूमा देवदह र आसपासका क्षेत्रमा बीमा उपहार संस्कार क्रमशः लोकप्रिय बन्दै गएको छ, जसले परिवार र समाज दुवैमा आर्थिक सचेतना र सुरक्षा संस्कृतिको विकास गरिरहेको जानकारी दिनुभएको छ।

कमेन्ट गर्नुहोस्