
पार्वती थारु,पुर्वपहुनी।रुपन्देहीको तिलोत्तमा-६ पुर्व पहुनीमा अवस्थित श्री पश्चिम पहुनी माध्यामिक विद्यालयमा आज तीज गीत तथा नृत्य प्रतियोगीता सम्पन्न भएको छ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर आयोजित तीज गीत तथा नृत्य प्रतियोगीतामा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिएका थिए । निर्णायक मण्डलका संयाेजकमा शिक्षक अस्मि थापा, चिनिमाया थापा र पार्वती थारु रहनु भएको थियाे ।
प्रतियोगीतामा १० समुहको सहभागीता रहेकोमा आहाना ढकालको समुह प्रथम, एलिजा रास्कोटीको समुह द्वितीय , नताशा अलिको समुह तृतीय र सामना परियारको समुह सान्त्वाना भएका थिए । सबै लाई विद्यालयका प्रमुख अतिथि तथाविद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर थापा तथा विद्यालयका सह प्रिन्सिपल पूण्य बहादुर बगाले टिका र कापी प्रदान गर्दै सम्मान गर्नु भएको थियो ।कार्यक्रममा श्री पश्चिम पहुनी माध्यामिक विद्यालयका सह प्राध्यापक पूण्य बहादुर वगालेको अध्यक्षता रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत मन्तव्य विद्यालयका शिक्षक कृष्ण कुमार अधिकारीले राख्नुभएको कार्यक्रमको सन्चालन शिक्षक विन्दु काफ्लेले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्