
तिलोत्तमा । लियो क्लव अफ तिलोत्तमा भलवारी सिटीले शनिबार वडास्तरीय तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । क्वलका अध्यक्ष लियो सुरज क्षेत्रीको अध्यक्षता रहेको प्रतियोगितामा तिलोत्तमा वडा न ७ भित्र रहेका विभिन्न आमा समुहहरुको सहभागिता रहेको थियो ।
कुल ७ वटा आमा समुहको सहभागिता रहेको प्रतियोगितामा प्रगतिशील आमा समुह प्रथम भई नगद रु १० हजार जित्यो भने नमुना दल्का समुह द्धिप्तिय भई नगद रु ७ हजार र त्यस्तै सिद्धि गणेश आमा समुह तृतीय भई नगद रु ५ हजार प्राप्त गर्यो । प्रतियोगितामा विजयी आमा समुहका प्रतिनिधीहरुलाई तिलोत्तमा वडा न ७ का अध्यक्ष देवी प्रसाद पंगेनी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यसअघि प्रतियोगिताको उद्धभाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा वडा न ७ का अध्यक्ष पंगेनीले लियो क्लव अफ तिलोत्तमा भलवारी सिटीले आयोजना गर्ने हरेक सामाजिक कार्यमा वडाको पुर्ण साथ सहयोग र समर्थन रहने बताउनुभयो । वहाँले लियो क्लवले आयोजना गरेको तीज गीत प्रतियोगिता पारिवारीक पर्वका रुपमा मनाउदै आएको स्मरण गर्दै विकृति र विसंगति रहित ढंगबाट मौलिकता जोगाउदै तीज मनाउनु आजको मुल आवश्यकता रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा वडा सदस्यहरु तारा थापा, कल्पना रोका, शोभाकान्त ढकाल, क्लवका सस्थापक अध्यक्ष लियो नितेश जैसवाल, लायन अरुण पन्थि, ज्ञानेश थापा, पुर्व अध्यक्ष लियो इन्जिनियर मधु भण्डारी, समाजसेवी जमुना लम्साल तथा केएन सागर ज्ञवाली, प्रेम जिएम लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । निर्णायकको रुपमा प्रियंका थापा र पुनम थापाले सहजिकरण गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य लियो आशिष ज्ञवाली र सन्चालन दुर्गा गुरुगँ, लियो इन्जिनियर संजोग ज्ञवाली र लियो सुमन सिह ठकुरीले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्