
बनबाटिका। जोहाङ रूपन्देही सम्पर्क समाजले शंकरनगर वनबाटीकामा तीज मिलन कार्यक्रम २०८२ सम्पन्न गरेको छ । विशेष कारणले सत्यवती ६, गुल्मी जोहाङ जन्म वा पुर्खौली घर भई हाल देश तथा विदेशमा रहनुभएका दिदी बहिनी, दाजु भाइ, आमा बुबालाई सम्पर्कमा राख्न, एकतामा बाँध्न महत्वपूर्ण योगदान गर्दै संस्थाले जोहाङ बासीहरूलाई एकता र आत्मीयतामा बाँध्न सो कार्यक्रमको आयोजना गरेको हो। जोहाङबासी आमाबुबा, दाजुभाई, दिदीबहिनी, भान्जा भान्जी, ज्वाईचेला, सबैलाई एकै भान्सामा जोड्ने गरी तीज मिलन कार्यक्रम गरेको संस्थाका अध्यक्ष परशुराम भण्डारीले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सत्यवती गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुप्रसाद भण्डारीले जो-जो जहाँजहाँ भएपनि आफ्नो मातृभूमि जन्मथलो पुर्खौली गाउँ जोहाङलाई नबिर्सन आग्रह गर्दै जोहाङबासीहरूको दुःख सुखमा साथ दिन बेलाबेलामा वडाको काम लिएर रूपन्देहीसम्म आएर सेवा दिने गरेको बताउनुभयो। आफू शिक्षक छदा देखि नै जोहाङ बासीको दुःख सुखको साथी रहेको र आफू नेतृत्व तहमा भए नभए पनि जोहाङबासी सबैको दुःख सुखको साथी बन्ने विश्वास अध्यक्ष भण्डारीले दिलाउनुभयो। कार्यक्रममा गुल्मी क्षेत्र नम्बर-१ का संघीय सांसद माननीय चन्द्र भण्डारीको पनि उपस्थिति रहेको थियो। माननीय साम्सद चन्द्र भण्डारीले आफ्नो क्षेत्र नं का सुन्दर मन रहेका जोहाङ बासीसँग भेट्न पाउँदा खुसी लागेको कुरा व्यक्त गर्दै सबैलाई तीजको शुभकामना दिनुभएको थियो।
संस्थाका अध्यक्ष परशुराम भण्डारीको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित सबैलाई दर खुवाउने कार्यक्रम मा संस्थाका सहसचिव धुर्व भण्डारीले केहि सामाग्री सौजन्य गर्नुभएको थियो भने गंगाराम भण्डारी विस्वनाथ ढकाल र अशोक गौतमले समेत सहयोग गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य दिँदै संस्थाका उपाध्यक्ष ईश्वरी भण्डारीले धुर्व भण्डारी, गंगाराम भण्डारी, विश्वनाथ ढकाल र अशोक गौतम जस्ता जोहाङबासी दाता आमाबुबा दाजुभाई दिदीबहिनीको साथ सहयोग र हौसलाले संस्थाले तीज मिलन कार्यक्रम गर्न सफल भएकोमा दाताहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो। संस्थाका सचिव अर्जुन ज्ञवालीको सञ्चालनमा रहेको उक्त कार्यक्रममा दाताहरूको सम्मानसँगै जोहाङमा उत्पादित विभिन्न वस्तुबाट तयार पारिएको परिकार र नाचगान सहित सम्पन्न भएको थियो भने कार्यक्रममा सयौंको उपस्थिति रहेको संस्थाका आजिवन सदस्य आशिष् ढकाल यशस्विले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्