
जसेखर्क चोक। रुपन्देहीको कञ्चनमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एकजना गम्भिर घाइते भएका छन। प्रहरीका अनुसार घाइते हुनेमा रुपन्देही जिल्ला कञ्चन ४ जसेखर्क टोल बस्ने अन्दाजी ६५ बर्षका सन्त बहादुर राना रहेका छन।ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक अनिस खडकाका अनुसार कञ्चन ४ को जसेखर्क चोकमा थकालीचोक देखि आउदै गरेको लु ६६ प ३११२ नम्वरको मोटर साइकल र जसेखर्कबाट दक्षिणतर्फ जादै गरेको लु ६२ प १४४ नम्वरको मोटरसाइकल एकआपसमा ठोक्दिा राना गम्भिर घाइते भएका हुन।
प्रहरी निरीक्षक खडका अनुसार रानाको टाउकोमा गम्भिर चोट लागेको छ। यस्तै लु ६६ प ३११२ नम्वरको मोटर साइकलमा पछाडी सवार रहेका अन्दाजी ७२ बर्षका बम बहादुर बि.क.को बायाँ खुट्टा भाचिएको र चालक कुल बहादुर बि.क.को अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनु भएको छ।यस्तै घाइते रानाको अवस्था गम्भिर रहेको निजको उपचार चौराहा अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। उक्त दुर्घटना हिजो भदौ ४ गते दिउँस ४ः१५ बजेको समया भएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्