
शारदा शाही,तीन नम्बर।तिलोत्तमा नगरपालिका र लायन्स क्लब अफ तिलोत्तमा स्टारको सहजीकरण तथा समाजसेवी दुर्गा प्रसाद पाण्डेको लगानीमा तिलोत्तमा नगरपालिका वडा नम्बर ९ ज्ञानोदय टोलमा बोटबिरुवा वितरण गरिएको छ।औषधिय गुण र वास्तुशास्त्रको दृष्टिले महत्त्वपूर्ण मानिएका आप, अमला, निम, अम्बा, मयरुधुपी तथा अल्मेरियाफुल लगायतका फुल तथा फलफुलका बोटबिरुवा निःशुल्क वितरण गरिएको हो। पचहत्तर घरधुरी रहेको ज्ञानोदय टोलमा एक कार्यक्रमका बीच सो बोटबिरुवा वितरण गरिएको थियो।
कार्यक्रममा बोल्दै स्थानीय जीवलाल अधिकारी एव डोलराज पराजुलीले दुर्गा प्रसाद पाण्डेयले समाजमा रहेर महत्त्वपूर्ण काम गरेको बताउनुभयो । उहाँले जस्तै अरुले पनि सामाजिक कार्य गर्दै जाने हो भने समाज परिवर्तन हुन धेरै समय नलाग्ने उहाँको भनाइ थियो। समाज परिवर्तन गर्ने युवाको जिम्मेवारी पनि भएकोले समाजमा शिक्षा, स्वास्थ्य, र विकास जस्ता महत्वपूर्ण कार्यलाई पनि अगाडि बढाउँदै जानुपर्ने उहाँको भनाइ थियो।
त्यसैगरि सोही टोलका बसोबास गर्दै आउनुभएका समाजसेवी जेष्ठ नागरिक रघुनाथ पाण्डेले समाजमा गरिने यस्ता खालका सामाजिक कार्यले आत्मियता सदाचार र भाइचाराको सम्बन्ध हुनुका साथै असल सस्कारको बिकाश समेत भएको भनी प्रसम्सा गरेका थिय। बृक्षारोपण गरिएका बोट बिरुवाहरू हुर्काउने जिम्मा अब टोल समाजको रहेको उहाँले बताए। यसरी रोपिएका बोट बिरुवाहरू हुर्किय बाताबरण संरक्षण, साथै हरियाली पनि हुने बताउँदै स्थानीयले खुसी व्यक्त गरेका थिए।
कमेन्ट गर्नुहोस्