
तिलोत्तमा। ३१ औं विश्व आदिवासी जनजाती दिवसको पूर्व सन्ध्यामा रुपन्देहीको चार ठाउँमा वृक्षारोपण गरिएको छ । बौद्ध समाज नेपालको आयोजनामा शुक्रबार विभिन्न गुम्बा तथा विहारहरुमा फलफूलका विरुवा रोपिएको छ ।कार्यक्रम संयोजक जुना सारुका अनुसार शान्ति बौद्ध गुम्बा, बुटवलको रामनगर गुम्बा, देवदह बुद्ध विहार देवदह र नेपाल मगर संघ बेलबासमा गरी आँप, अम्बा, कागती, कटहर, सरिफा लगायत विभिन्न प्रजातीका १३० वटा विरुवा रोपिएको छ ।३१ औं विश्व आदिवासी जनजाती दिवस शनिबार बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सोही अवसरमा गुम्बा तथा विहारहरमा सम्झना स्वरुप फलफूलका विरुवा रोपी दिवसको सुरुवात गरिएको बौद्ध समाज नेपालका अध्यक्ष शंकर गाहाले जानकारी दिनुभयो । उहाँले विरुपा रोप्नु अगाडी बौद्ध लामा गुरुहरुले पूजापाठ गरेको बताउनुभयो ।बौद्ध समाज नेपालका अध्यक्ष शंकर गाहाको अध्यक्षता तथा आदिवासी जनजाती युवा महासंघकी केन्द्रिय सदस्य सुम्निमा राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल मगर युवा महासंघका केन्द्रिय महासचिव राम अस्लामी, बौद्ध समाज नेपालको महासचिव राधिका पुन लगायत शान्ति बुद्ध विहारका पदाधिकारीहरुको सहभागीता थियो ।
बौद्ध समाज नेपालका सचिव तथा शान्ति बौद्ध गुम्बाका अध्यक्ष आस बहादुर गुरुङ्गको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । शनिबार तिलोत्तमाको शंकरपुरचोक र ओमसतियाको लखनचोकमा भब्य कार्यक्रम रहेको छ।
कमेन्ट गर्नुहोस्