लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पतञ्जली घोटाला प्रकरण : पूर्वमन्त्री सिंह ५० हजार धरौटी बुझाएर रिहा

IMG

काठमाडौँ । पतञ्जली घोटाला प्रकरणमा पूर्वमन्त्री प्रेमबहादुर सिंह ५० हजार रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले अदालतमा उपस्थित भएका पूर्वमन्त्री सिंहसँग आइतबार ५० हजार धरौटी माग्ने आदेश गरेको थियो ।


उक्त धरौटी बुझाएपछि उनी रिहा भएका हुन् । आज बयानपछि थुनछेक बहस भएको थियो । यस क्रममा सरकारी वकिलले थुनामै राखेर कारबाही अघि बढाउनुपर्ने माग गरेका थिए ।पूर्वमन्त्री सिंहका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र ललित बस्नेतले थुनामा राख्न नहुने जिकिर गरेका थिए ।

कमेन्ट गर्नुहोस्