लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सियारीको दुर्घटनामा बाबुको मृत्यु,छोरा घाईते

IMG

भर्थापुर । रुपन्देहीको सियारी गाउँपालिका–७ भर्थापुरमा मोटरसाइकल दुर्घटनामा ६० वर्षीय राममिलन धवलको मृत्यु भएको छ।दुर्घटनामा घाइते राममिलनका छोरा विनोद धवललाई भैरहवास्थित सिटी अस्पतालमा भर्ना गरिएको छ।प्रहरीले प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताएको छ।


रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।सियारी गाउँपालिका–७ भर्थापुरमा ना६प ६६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ६० वर्षीय राममिलन धवलको मृत्यु भएको हो ।दुर्घटनामा परी गम्भीर घाइते भएका धवलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मायादेवी गाउँपालिका–७ गर्गटीका बासिन्दा हुन् ।मोटरसाइकल चालक विनोद धवल गम्भीर घाइते छन् । घाइते विनोद मृतक राममिलनका छोरा हुन् ।


टाउको, हात र खुट्टामा चोट लागेका उनलाई भैरहवास्थित सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको रुपन्देही प्रहरीका सूचना अधिकारी गणेश सापकोटाले जानकारी दिए ।प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्