लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बेलहियामा ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम

IMG

बेलहिया।  जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले नेपाल भारत सीमाक्षेत्र बेलहियामा पुगेर ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सीमाक्षेत्रमा ट्राफिक व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरी भन्सार विन्दुमा नै पुगेर सचेतना तथा सरोकारवाला निकाय संग छलफल गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही र रुपन्देही भन्सार एजेन्ट संघको सयूक्त आयोजनामा बुधवार ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएपछि स्थानीयहरुले समेत खुसी व्यक्त गरेका छन् ।


लामो समय देखि भन्सार विन्दुमा ट्राफिक व्यवस्थापनमा समस्या आउने गरेको गुनासाहरु आउने गरेपछि ट्राफिक प्रहरीले सर्वपक्षिय छलफल गरेको देखिन्छ । भैरहवा भन्सार कार्यालयको सभाहलमा भएको कार्यक्रममा बोल्दै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले ओभरलोड तथा भारतीय ट्याक्सीको व्यवस्थापनमा सवैपक्षले मिलेर काम गर्नुपर्ने धारणा राखेका थिए । सीमाक्षेत्रमा अव्यवस्थित पार्किङ्का कारण भिडभाड तथा आवतजावतमा समेत समस्या आउने गरेको स्थानीयहरुले जानाकारी दिएका थिए । कार्यक्रमका अध्यक्ष तथा रुपन्देही भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थीले सीमाक्षेत्रमा देखिएको ट्राफिक व्यवस्थापनको समस्या समाधानका लागि आफुले पहल गरिरहेको बताए । उनले सडक दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनको सहजीकरणका लागि भन्सार एजेन्ट संघ तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।


कार्यक्रमका प्रमुख अतिथि तथा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्सार क्षेत्रमा अनावश्यक भिडभाड हटाउनुपर्ने भन्दै सरोकारवाला निकायहरुले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनले भन्सार विन्दुबाटै ट्राफिक नियमको पालना गराउनका लागि ट्राफिक प्रहरी र नेपाल प्रहरीले पहल गर्नुपर्ने सुझाव दिए । सचेतना तथा छलफल कार्यक्रममा उठेका विषयमा बोल्दै कार्यक्रमका प्रशिक्षक तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरिक्षक रन्जु के.सी.ले भन्सार विन्दुबाटै ओभरलोड नियन्त्रण गर्नुपर्नेमा सवैले सहयोग गर्न आग्रह गरीन ।


उनले सीमाक्षेत्रमा भएका भारतीय ट्याक्सीहरुलाई हटाउने तथा अव्यवस्थित पाकिङ्लाई व्यवस्थित गर्ने तर्फ जिल्ला ट्राफिक प्रहरी कार्यालयले काम गरिरहेको जानकारी दिईन । ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रममा ट्राफिक प्रहरी, भैरहवा भन्सार कार्यलयमा कार्यरत कर्मचारी, रुपन्देही भन्सर एजेन्ट संघमा आवद्ध सदस्यहरु, सञ्चारकर्मीहरु, शसस्त्र प्रहरी, ट्याक्सी व्यवसायी संघ, बेलहिया गाउँसमाज, रेडक्रस सोसाईटी बेलहिया शाखा, लुम्बिनी खुकुरी क्लवका सदस्यहरु,नेपाल भारत मैत्री संघ, बेलहिया माध्यामिक विद्यालय, सोटो नेपाल,गृह लक्ष्मी समुह, बेलहिया आमा समुह, आफन्त नेपाल बेलहिया, ज्ञानपथ आमा समूह, भूपू सैनिक संघ लगायत दर्जन बढि संघ सस्थाहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्