
मणिग्राम। तिलोत्तमा नगरबासी र आसपासका पालिकाका बिद्यार्थी तथा सरकारी जागिरमा सेवा दिन इच्छुक व्यक्तिका लागि गुरुकुल लर्निङ्ग सेन्टर गुरुकुल एकेडेमीले लोकसेवा तयारी कक्षा सुरु गरेको छ । यहि साउनको पहिलो हप्तामा शुरु गर्ने गरि कक्षामा सहभागी हुन चाहने इच्छुक व्यक्तिलाई अध्ययनका लागि लागि आह्वान समेत गरिएको छ।
आज कार्यक्रम थालनी गर्दै गुरुकुलका कृष्ण श्रेष्ठले, विभिन्न तालिम, ट्युसन र भाषा भाषिका कक्षा संगै वौद्धिक विकासका कार्यक्रम एकै पटक सञ्चालन गर्न थालिएको बताए । उनले लोकसेवाका विभिन्न पदक अलागी हुने तयारि कक्षाहरु दक्ष अनुभवी प्राध्यापकहरु द्वारा बिहान दिउसो र बेलुका गरि कक्षा लिईने बताए। उनले वौद्धिक क्षमता र सिर्जनात्मक लेखन सिप भएका व्यक्तिले सजिलै लोकसेवा उत्तीर्ण गर्न सक्ने धारणा राखे ।आज एक कार्यक्रमका बीच ओरिएण्टेशन गराइएको सो कक्षा निरन्तर रुपले कोर्ष अनुसार अगाडी बढ्ने गुरुकुलका श्रेष्ठले जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्