लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

IMG

सिस्ने। रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक पदमा कार्यरत कोइली शाहीको मृत्यु प्रकरणमा एक जना पत्रकार मुछिएका छन् ।प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्री घटनामा मुछिएका हुन् । खत्रीमाथि आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको छ । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको हो ।रुकुम पूर्व सिस्ने गाउँपालिका-६ खोपिचार घर भएकी २५ वर्षीया कोइली शाही शनिबार बिहान कोठामा मृत फेला परेकी थिइन् ।


शाहीको परिवारले पत्रकार खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएको हो । खत्रीले शाहीलाई फोन गरेर पटक-पटक तनाव दिने गरेको परिवारका सदस्यको आरोप छ ।जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमा शंकर प्रसाद यादवले घटनाको अनुसन्धान भइरहेको र जाहेरी परेका व्यक्तिको खोजी कार्य चलिरहेको बताएका छन् ।मृतकको अन्त्येष्टि गरिसकिएको छ तर  पोष्टमार्टम रिपोर्ट भने आएको छैन । रिपोर्ट आउन अझै केही दिन लाग्ने डीएसपी यादवले बताए ।जाहेरी परेपछि पत्रकार खत्री भने फरार भएका छन् । उनी कसैको सम्पर्कमा आएका छैनन् ।

कमेन्ट गर्नुहोस्