
योगिकुटी । नेपाल विद्युत प्राधिकरणको बुटवलस्थित योगीकुटी सवस्टेशनमा मँगलबार साँझ विद्युत सर्ट भई आगलागी हुँदा विद्युत करिव १ घण्टा सेवा अवरुद्ध भएको थियो। योगीकुटी ग्रिडमा साँझ ९ बजेपछि आगलागी भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले जानकारी दिनुभएको हो ।
विद्युत सर्ट भएपछि योगीकुटी ग्रिड अन्तरगतका क्षेत्रमा विद्युत अवरुद्ध हुँदा सेवाग्राही १ घण्टा मात्रै अन्धाकारमा परे। बुटवल तिलोत्तमा र भैरहवाको दमकल आएर २० मिनट समयमै आगो नियन्त्रणमा आइसकेको थियो भने क्षतिको विवरण अहिलेसम्म आकलन नभएको प्रहरीले जनाएको छ ।स्थानीयका अनुसार ट्रान्सफरमर पड्केर खसेपछि आगालागी भएको बताउछन।
कमेन्ट गर्नुहोस्