लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा चट्याङ्ग लागेर महिलाको मृत्यु

IMG

महाराजगन्ज। सोमबार बिहान चट्याङ लागेर रुपन्देहीको मर्चवारमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही मर्चवारी गाउँपालिका वडा नम्बर ३ महाराजगन्ज बस्ने ४५ वर्षीय प्रमीला यादव रहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।साउदको अनुसार सोमबार बिहान घारबाट करिब १ सय मिटर पूर्व रहेको आफ्नै खेतमा रोपाइ गर्न गएको अवस्थामा बिहान साढे ६ बजे यादवलाई चट्याङ लागेको थियो ।चट्याङ लागेर बेहोस भएकी  यादवलाई भैरहवा स्थित भीम अस्पतालमा पुर्‍याएको र त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको साउदले बताए ।

कमेन्ट गर्नुहोस्