
प्रभास। तानसेन नगरपालिका वडा नम्बर ७ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा यहि असार ७ गते शनिबार पाल्पा प्रभास स्थित कमल पोखरीमा बृहत राष्ट्रिय लोक तथा दोहोरी गीत सहितको बिशेष सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।शनिबार बिहानैबाट शुरु हुने सो कार्यक्रमको भव्य तयारि भएको र सबै तयारि सकिएको आयोजकको भनाई छ।
विश्व संगीत दिवसको अवसरमा हुने सो बृहत सांस्कृतिक कार्यक्रममा तानसेन वडा नम्बर ७ ले स्थानिय भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका प्रभासमा बृहत राष्ट्रिय सांस्कृतिक कार्यक्रम गर्न लागिएको आयोजकका तर्फबाट वडा सदस्य सुशील नेपालले जानकारी दिए ।उनले भने, ‘ विश्वभर संगीत दिवस मनाइरहँदा हामीले हाम्रो आफ्नै भाषा, धर्म, कला-संस्कृति र पहिचानलाई जोगाउन सरकारको ध्यानाकर्षण गर्न देशभरका कलाकारहरूको छाता संगठन का अध्यक्ष राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष तथा ख्याति प्राप्त लोक तथा दोहोरी गायिका रिता थापा , राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका ख्याति प्राप्त गायक पशुपति शर्मा लगायत कलाकार हरुको बेजोड प्रस्तुति रहने र जनचेतनामूलक वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिने समेत उनले बताए।
यो कार्यक्रम किन गर्न लागिएको भन्ने पत्रकारको प्रश्नमा वडा अध्यक्ष प्रदिप खनालले भने, ‘यो केवल मनोरञ्जनको माध्यम नभई समग्र पाल्पाको पहिचानको संरक्षण र सशक्तिकरणतर्फको सार्थक प्रयास हो। यसले अरू लोक संस्कृतिको जगेर्नामा पनि प्रमुख भूमिका खेल्ने र संगीततर्फको सम्मान समेत हुने वडा अध्यक्ष खनालले बताए।उनले कार्यक्रमलाई भव्य र सुसंस्कृत बनाउन सम्पूर्ण पाल्पा जिल्लाबासी र यस आसपासका जिल्लाका संघसंस्था, संस्कृति प्रेमी र सरोकारवालालाई सहभागी हुन अपिल गरे।
कमेन्ट गर्नुहोस्