लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हिलोमा गाडी फस्दा ४० घण्टासम्म रोकियो दाउन्नेमा गाडी, ग्राभेल हालेर खुलाइयो

IMG

काठमाडौँ : बुटवल–नारायणगढ सडकखण्डको दाउन्नेमा ग्राभेल हालेर यातायात सञ्चालनमा आएको छ।दाउन्नेको दलदले हिलोमा ग्राभेल राखेर यातायात सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका डीएसपी मधु नेपालले जानकारी दिए।


हिलोको दलदलमा फसेको सडकमा ग्राभेल राखेर सहज बनाएपछि गाडी गन्तव्यतर्फ हिँडेको डीएसपी नेपालले बताए।आज दिउँसोबाट दाउन्नेको विश्वकर्मा मन्दिरअगाडिको दलदल हिलोबाट गाडी निकाल्न ग्राभेल राख्न थालिएको थियो।वर्षा रोकिएकाले ग्राभेल हाल्न सजिलो भएको र ४० घण्टादेखि रोकिएका गाडी गन्तव्यतर्फ हिँडेका हुन्।

कमेन्ट गर्नुहोस्