
तिलोत्तमा सिटी,२०८२ असार २ गते । तिलोत्तमा १४ बनकट्टिमा आज गाइ भैंसीमा हुने थुनिलो रोग न्युनिकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिकाको आयोजना र टिकुलिगढ दुग्ध उत्पादक सहकारी संस्था को समन्वयममा टिकुलिगढ सहकारीको भवनमा कार्यक्रम भएको हो। कार्यक्रममा गाइ भैंसीमा हुने थुनिलोको रोकथामका लागि टिट डिपिङ सोलुसन झोल बनाइ देखाइएको थियो , रोग प्रतिरोधि झोलको १० भागमा पोभिडिन आयोडिन ९ भाग र १ भाग गिल्सिरिन मिश्रण गरिएको थियो। गाइ भैसिलाइ गोठमा बस्न तराइ क्षेत्रमा पुरानो सडेको पराल प्रयोग गरिने भएकाले पशुम थनिलो हुने सम्भावना बढाउने साथै पशुको उचित स्याहार गरे थनिलो नदेखिने तिलोत्तमा नगरपालिका पशु शाखा प्रमुख राजु कुँवर ले बताउनुभयो। निर्मित औषधी (टिट डिपिङ सोलुसन झोल) पशु पालक कृषकलाइ प्रयोग गर्न वितरण गरिएको थियो।
कार्यक्रममा पशु शाखा अन्तर्गत डा ईन्द्र कला खत्री, गोविन्द खनाल, टिकुलिगढ दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अंकित प्रसाद शर्मा भट्टराइ लगायत वडा नं १३ र १४ का ३० जना स्थानीय पशु पालक कृषक सहभागी थिए। नगरपालिकाले थुनिलो रोकथामका लागि औषधि प्रदान साथै समय समयमा सहजिकरण गरेकोमा स्थानीयले खुसी व्यक्त गरेका थिए।
कमेन्ट गर्नुहोस्