लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बयानका लागि सहसचिव भट्टराई अख्तियारमा

IMG

गौशाला। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय अध्यागमन कार्यालयका तत्कालिन प्रमुख अध्यागमन अधिकृत सहसचिव तिर्थराज भट्टराई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा पाँचौ पटकको बयानका लागि उपस्थित हुँदैछन् । भिजिट भिसा प्रकरणमा उनको अनुसनधान गरिरहेका एक अनुसन्धान अधिकृतले सहसचिव भट्टराईलाई आज बिहान १० बजे बयानका लागि बोलाइएको जानकारी दिए ।


भिजिट भिसामा सेटिङ गरेको उजुरीका आधारमा जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । भट्टराईको त्यसको अघिल्लो दिन जेठ ६ गते गृह मन्त्रालयले सरुवा गरेको थियो । तर उनले रमना नबुझेकाले कार्यालयमा अख्तियारले छापा मार्दा नियन्त्रणमा परेका हुन् ।भट्टराईले अख्तियारले नियन्त्रणमा लिने दिन अख्तियारको कार्यालय टंगालमा सामान्य बयान दिएका थिए । त्यो बाहेक उनले जेठ ८ गते बिहान १० बजे अख्तियारको टंगालस्थित कार्यालयमा पुगेर बयान दिएका थिए । त्यसदिन उनलाई उनीविरुद्ध परेको उजुरीबारे जानकारी गराएको थियो ।  प्रारम्भिक कुरामात्रै सोधेर करिब १५ मिनेटमा डिभाइसको ‘फरेन्सिक ल्याब रिपोर्ट’ आएपछि १० दिनपछि आउनु भन्दै पठायो । भट्टराईलाई नियन्त्रणमा लिदाँको दिन उनीसँग सम्बन्धित डिभाइस नियन्त्रणमा लिएको थियो । 


 त्यसको १० दिन जेठ १८ गते पुग्थ्यो । तर त्यो दिन उपत्यकामा मत्स्येयन्द्रनाथको भोटो देखाउने दिन भएकाले सार्वजनिक बिदा थियो । त्यसपछि भट्टराई जेठ १९ गते अख्तियारको कार्यालयमा उपस्थित भए । त्यसदिन उनलाई अनुसनधान अधिकृतले पाँच प्रश्न सोधेका थिए । जुन उनीविरुद्ध परेको उजुरीसम्बन्धी केही  थिए ।त्यसपछि भट्टराईलाई २५ जेठमा बयानका लागि बोलाइएको थियो । जेठ २५ गते आइतबार भने उनको डिभाइसमा भेटिएका प्रमाणका बारेमा सामान्य बयान लिइएको थियो । आज पनि डिभाइसमा भेटिएका विषय र उजुरीसँग सम्बन्धित विषयमा बयान लिइने अख्तियार स्रोतले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्