लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मनसुन प्रणाली कोशी हुँदै लुम्बिनीसम्म पुग्यो, फैलिन अझै केही दिन लाग्ने

IMG

योगिकुटी। जल तथा मौसम विज्ञान विभागले जनाएको अनुसार मनसुन यस वर्ष पूर्वी भागबाट पश्चिमतर्फ सर्दै आएको छ।बिहीबार साँझ ५ बजेसम्म लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा प्रवेश गरेको विभागले जनाएको छ।नेपालको बाँकी भूभागमा मनसुन अझै केही दिनमा प्रवेश गर्ने सम्भावना छ। यो वर्षको मनसुन प्रणाली नेपालको पूर्वी भागबाट क्रमशः पश्चिमतर्फ सर्दै आएको छ ।


जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन पूर्वी भागबाट पश्चिम भागमा सर्दै आउँदा बिहीबार साँझ ५ बजेसम्म लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा प्रवेश गरिसकेको छ ।‘यो वर्षको मनसुन प्रणाली आज २९ जेठका दिन कोशी प्रदेशको बाँकी भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा प्रवेश गरेको छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।नेपालमा यो वर्षको मनसुन आगमन गत १५ जेठबाट कोशी प्रदेशबाट भएको थियो ।विभागका अनुसार नेपालको बाँकी भूभागहरूमा मनसुन भित्रिन अझै केही दिन लाग्ने सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्