लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्थापना दिवसको अवसरमा साना किसान देवदहले सुरुगर्यो,किसानउत्पादित सामाग्रीको बजारीकरण

IMG

खैरेनी। साना किसान कृषि सहकारी संस्था देवदहले शेयर सदस्यहरूले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकरण सुरु गरेको छ ।सहकारीको २९ औँ स्थापना दिवसको अवसरमा कृषि सामाग्री संकलन तथा विक्रि केन्द्रको उद्घाटन गर्दै बजारीकरणको शुरुवात गरेको हो । केन्द्रको एक कार्यक्रमका वीच देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग र प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।


बिक्रीवितरण केन्द्रको सुभारम्भ गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले कृषिलाई विशेष प्राथमिकतामा राखेर उत्पादन कार्यलाई प्राथमिकता दिनुपर्ने भनाई व्यक्त गर्नुभयो। त्यस्तै उहाँले सहकारीले उदेश्य नीति र विधि अनुरुप चल्न आवश्यक रहेको समेत बताउनुभयो।बचत संकलन र ऋण लगानीको सिमित दायराबाट माथि उठ्दै सहकारीहरुले उत्पादन र बजारीकरणमा काम गर्नुपर्ने नगर प्रमुख खरेलको भनाई थियो।


त्यस्तै कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले सहकारीका शेयर सदस्य र लगानी असुरक्षित ठाउँमा भएको छ कि छैन सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।सहकारीमा हाल देखिएका समस्या रातारात जन्मिएका नभइ लामो समयदेखिको अभ्यासले निम्त्याएको जटिलता भएको उल्लेख गर्दै उनले आजैबाट असल अभ्यास सुरु गरिए दिर्घकालसम्म त्यसको प्रभाव रहने भनाई व्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष टिका न्यौपानेले कृषिक्षेत्रमा विचौलियाको अन्त्य गर्न कृषि सामग्री संकलन तथा विक्री केन्द्र सुरु गरिएको बताउनुभयो । हाल पाँच लाख लगानीमा सुरु गरिएको केन्द्रमा आवश्यकता अनुसार लगानी बढाउँदै लैजाने बताइन् । आफ्नो सहकारीका शेयर सदस्यको मात्र नभइ आवश्यकता अनुसार अन्य सहकारीमा आवद्ध कृषकका उत्पादन पनि संकलन गरिने उहाँको भनाई थियो।देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, सहकारीका संचालक समितिका पदाधिकारी उपस्थिति रहेको कार्यक्रममा सहकारीका पुर्व संचालक तथा जेष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो ।


कमेन्ट गर्नुहोस्