
ठुटीपीपल। ओमसतिया गाउँपालिका रुपन्देहीको आयोजना र रुरल एण्ड डेभलमेन्ट कन्सल्टेन्सी सर्भिसको प्राविधिक सहयोगमा महिलाहरूका लागि १५ दिने वाद्यवादन तालिम ठुटीपीपलमा सम्पन्न भएको छ। कार्यक्रममा ओमसातिया गाउँपालिकाको उपाध्यक्ष सुनिता चौधरीले परम्परागत कला संस्कृतीको पहिचानलाई जगेर्ना गर्नको लागि यस्ता तालिम आवश्यक पर्ने बताउनुभयो ।सिकेका सिप व्यवहरमा उतार्ने र आयआर्जनको लागि पनि सीपलाई अगाडी बढाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा ओमसतिया वडा नम्बर-१ की सदस्य गंगा थापा , वडा नम्बर-३ की वडा सदस्य बसन्ती छन्तेल पुन,पत्रकार सरु राना लगायतले बोल्नु भएको थियो ।कार्यक्रम ओमसतिया गाउँपालिका की उपाध्यक्ष्य सुनिता चौधरीको अध्यक्षता, लुम्विनी विकास मञ्चको अध्यक्ष सन्दीप कुमार गुप्ताको स्वागत,रुरल एण्ड डेभलमेन्ट कन्सल्टेन्सी सर्भिसको संचालक रमणी डुम्रेले संचालनगर्नु भएको थियो ।कार्यक्रमममा सहजीकरण विष्णु कुमारी दर्लामी कार्की र लोक बहादुर मिजारले गर्नुभएको थियो । तालीममा ओमसतिया-१ का ४९ जना महिला सहभागिता रहेको छ ।१५ दिनसम्म चलेको तालीममा दोहोरीको चार तालको ज्ञान सिकाएको प्रशिक्षक विष्णु कुमारी दर्लामी कार्कीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्