लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कञ्चनमा एक हप्ते मगर भाषा प्रशिक्षक प्रशिक्षण शुरु

IMG

कञ्चन। रुपन्देहीको कञ्चनमा मगर भाषाको प्रबर्द्धन गर्ने उद्धेश्यका साथ कञ्चन गाउँपालिकाको आर्थिक सहयोगमा एकहप्ते मगर भाषा प्रशिक्षक प्रशिक्षण हिजो बुधवारदेखि शुरु भएको छ। नेपाल मगर संघ, कञ्चन गाउँ समितिकोे आयोजनामा भएको तालिममा कञ्चनका ३० जना प्रशिक्षार्थी प्रशिक्षकहरुले सहभागिता जनाएका छन।


तालिमको शुभारम्भ गर्दै  कञ्चन गाउापालिकाका उपाध्यक्ष मौसमी थापा मगरले आफ्नो भाषा, कला संस्कृति र परम्पराको संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी रहेको बिचार व्क्त गर्नुभयो। भाषा प्रशिक्षणले मगर जातीको भाषाको प्रबर्द्धनमा अझ बल पुर्याउन पालिकाले बार्षिक नीति, कार्यक्रम तथा बजेटमै योजना समावेश गरेको उपाध्यक्ष थापा मगरले बताउनु भयो। आफुलाई आफ्नो भाषा नजान्दाको पिडा भोग्दै आइरहेको उल्लेख गर्दै प्रशिक्षक प्रशिक्षणले गाउँ गाउँमा मगर भाषा प्रशिक्षण संचलन गर्न सहयोग पुग्ने तालिम पश्चात संघले भाषा प्रशिक्षण सञ्चालनलाई बढी प्राथमिकता दिन समेत उपाध्यक्ष थापा मगरले आग्रह गर्नुभयो।


यस्तै वडा नं. २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्गले राज्यको हरेक निकायहरुबाट पछाडी पारिएका आदीवासी जनजातीहरु एक हुन आग्रह गर्दै आफ्नो भाषा र संस्कृतिको संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिनु भयो। बिचारले फरक भएपनि जातीय एकताको भावनाले कृयाशिल हुन सके जुनसुकै क्षेत्रमा पनि हाम्रो नेतृत्व हुन सक्ने उल्लेख गर्दै आउने बर्षमा पनि आदीवासी जनजातीहरुको उत्थानका लागि वडाबाट बजेट ब्यबस्थापन गर्ने प्रतिवद्धता समेत वडा अध्यक्ष गुरुङ्गले व्यक्त गर्नुभयो।


कार्यक्रममा नेपाल मगर, कञ्चनका निवर्तमान अध्यक्ष कविराज काउचा मगरले मगर जातीको भाषा संरक्षणका लागि भएको नीतिगत सहयोग प्रति धन्यवाद व्यक्त गर्दै प्रशिक्षार्थीहरुले तालिम पछि गाउँ गाउँमा भाषा प्रशिक्षण सञ्चालन गर्न संघले प्रोत्साहित गर्नुपर्ने उल्लेख गर्नुभयो।नेपाल मगर संघ, कञ्चनका अध्यक्ष देब बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष रेनुका थापा मगरले स्वागत गर्नु भएको थियो भने सचिव प्रकाश थापा मगरले संचालन गर्नु भएको थियो। वडा नं. २ को सभाहलमा संचालन हुने तालिममा मगर भाषा प्रशिक्षकहरु नालन गाहा मगर र सुदिप कामु मगरले प्रशिक्षण गर्नु हुने छ। कार्यक्रममा नेपाल मगर संघ रुपन्देहीका उपाध्यक्ष टेक बहादुर रेश्मीले समेत बोल्नु भएको थियो।


कमेन्ट गर्नुहोस्