लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल स्यवंसेवी रक्तदाता समाज, तिलोत्तमाको चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न,पाठकले लिए नेतृत्व

IMG

बनबाटिका। नेपाल स्यवंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखाको चौथो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्नगरेकोछ । अञ्जु पौडेलको अध्यक्षता तथा महासचिव सागर पाठकको सञ्चालनमा शंकरनगर बनबाटिकामा सम्पन्न उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले नेपाल स्वयंसेवी जस्ता संस्थाकाका कारण यस क्षेत्रमा रगत अभावको अवस्था नआएको बताउनु भयो । यो अभियानमा सम्पूर्ण नगरबासीले हातेमालो गर्नुपर्ने बताउनु भयो । आफ्नो स्थापनाको ४ वर्षमै हरेक महिना नियमित कार्यक्रम र बिरामीलाई आवश्यक परेको बेलामा रगत व्यवस्थापनमा समेत अहम भूमिका खेलेकोमा धन्यवाद समेत ज्ञापन गर्नु भयो ।


 कार्यक्रममा बोल्दै नेपालस्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीज्यूले रुपन्देही जिल्लाले छिमेकमा रहेका जिल्लाहरुको लागि समेत रगत व्यवस्थापन गर्नु पर्ने भएकाले यस क्षेत्रमा धेरै रगत र रक्ततत्व आवश्यक पर्ने भएकाले यसको व्यवस्थापनमा तिलोत्तमा शाखाले महत्वपूर्ण भूमिका खेलेको समेत बताउनु भयो । कार्यक्रममा बोल्ने वक्ताहरुले रगत र रक्ततत्वको व्यवस्थापनमा सक्रिय यस्ता संघसंस्थाहरु यस क्षेत्रकै गहना भएको र यस्ता संघसंस्थालाई सबै क्षेत्रबाट सहयोग गर्नु हामी सबैको कतव्र्य भएको बतानउनु भयो ।कार्यक्रममा १वर्षभरी संयुक्तरुपमारक्तदान सम्पन्न गरेको संस्थाहरुलाई, सहयोगती संस्था तथा निरन्तर रक्तदान गर्ने रक्तदाता र संस्थाका नयाँ आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा संस्थाका सल्लाहकार तथा विशिष्ट संरक्षक अर्जुन प्रसाद पौडेल, सल्लाहकार टेकबहादुर थापा, तिलोत्तमा नगरपालिका वडा नं. २ का वडाध्यक्ष डिलबहादुर भट्टराई लगायतकावक्ताहरुले आप्mनो मतव्य राख्नु भएको थियो ।


दिवाकर ढकाल संयोजक, मनिराम भट्टराई र जानकी नेपालनिर्वाचन सदस्य रहेको निर्वाचन समितिले सागर पाठकको अध्यक्षतामा आगामी २ वर्षका लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।वरिष्ठ उपाध्यक्ष पुर्णचन्द्र सुवेदी, उपाध्यक्ष अन्जु पौडेल, महासचिव सम्झना पाण्डे, कोषाध्यक्ष भेषराज आचार्य, सचिव शंकर गौतम, सह कोषाध्यक्ष धनपती पौडेल चयन हुनु भएको छ  भने सदस्यहरुमा रोहिता राई राना, शिव पाण्डे, रविन जोशी, सागर भट्टराई, राधिका भुसाल, चन्द्र पाण्डे चयन हुनु भएको छ ।


कमेन्ट गर्नुहोस्