
टिकाभवन चोक। तिलोत्तमा ५ मणिग्रामको टीकाभवनमा अवस्थित छहारी क्लवमा आगलागी हुँदा ठुलो क्षति भएको छ । दिउसो २ बजेतिर लागेको आगो करिव २ घण्टा पछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।आगोलाई तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका र सिद्धार्थनगरपालिका र देवदह नगरपालिकाको दमकलले नियन्त्रणमा लिएका हुन् ।
निर्माण कार्य हुँदै गर्दा वेल्डिङ्ग गर्ने क्रममा विद्युत सर्ट भएर आगलागी भएको स्थानियले बताएका छन् ।आगलागीबाट लाखौको क्षति भएको छ तर यत्ति नै भएको छ भन्ने आंकलन गर्न गाह्रो भएको छ। अहिले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले् जनाएको छ ।
कमेन्ट गर्नुहोस्