लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कन्चनमा सहकारीहरुको क्षमता अभिबृद्धि सम्बन्धी एक हप्ते तालिम शुरु

IMG

कन्चन। रुपन्देहीको कञ्चनमा कञ्चनका सहकारी संस्था र संस्थाका पदाधिकारीहरुको क्षमता अभिबृद्धि सम्बन्धी एक हप्ते तालिम आजबाट शुरु भएके छ। कञ्चन गाउँपालिकाको आ.व.२०८१/०८२ मा विनियोजित बजेट अन्तर्गत कञ्चन गाउँपालिकाभित्र कार्यक्षेत्र भएका सहकारी संस्था र संस्थाका पदाधिकारीहरुका लागि उक्त तालिम सञ्चालन गरिएको हो।


तालिमको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले सहकारी संस्थाहरुलाई व्यबस्थित र पारदशी बनाउन तालिमले सहयोग गर्ने उल्लेख गर्दै तालिमबाट सिकेका सहकारी व्यबस्थापन, ऐन, नियम, कार्यविधि सम्बन्धी सिकाईहरुले सहकारी सञ्चालक, शेयर सदस्यहरुलाई समेत जिम्मेवार बनाउने विश्वास व्यक्त गर्नुभयो।


जिल्ला सहकारी संघ रुपन्देहीको आयोजना, कञ्चन सहकारी सञ्जालको समन्वय तथा कञ्चन गाउापालिकाको आर्थिक सहयोगमा शुरु भएको तालिमको उद्घाटन सत्र जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम प्रसाद तुलाचनले अध्यक्षता गर्नु भएको थियो । यस्तै कञ्चन सहकारी सञ्जालका अध्यक्ष पुष्पराज शर्माले स्वागत गर्नु भएको उक्त तालिमको पहिलो दिन प्रशिक्षक दामोदर पंगेनीले प्रशिक्षण दिनु भएको थियो। कार्यक्रम कञ्चन गाउपालिकाको सभाहलमा सञ्चालन भइरहेको छ।

कमेन्ट गर्नुहोस्