लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा

IMG

तिलोत्तमा।आजदेखि दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा आएका हुन ।हास्य विधाको चलचित्र हेल्लो काँशिराममा अभिनेता दिलीप रायमाझी मुख्य भूमिका रहेको छ ।चलचित्रमा सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, लगायतका कलाकारको विशेष अभिनय रहेको छ ।


निर्माण रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा रहेको चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माको रहेको छ ।त्यस्तै निर्माता पी.बी. थापा, छायाकार यम आले, सम्पादन तथा रङ्ग संयोजन मित्र डी.गुरुङको रहेको छ भने नृत्य निर्देशन कविराज गहतराज, द्वन्द्व निर्देशन शंकर महर्जन, र संगीत संयोजन नरेन्द्र वियोगी तथा विपिन आचार्य रहेको छ ।चलचित्रका गीतमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको स्वर सुन्न सकिन्छ ।


आजैदेखि प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘के घर के डेरा घर नं. २’ । यो चलचित्र पूर्ण रूपमा सामाजिक विषयवस्तुमा आधारित छ । दीपेन्द्र के. खनालको निर्देशन रहेको  चलचित्रको कथा चर्चित लेखक बुद्धिसागरद्वारा लेखिएको हो ।चलचित्रमा उपासना सिंह ठकुरी, केकी अधिकारी, सिर्जना नापित, रुविना घिमिरे निश्चल बस्नेत, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, प्रकाश घिमिरे, संजोग रसाइली र सुरज विष्ट लगायतको अभिनय रहेको छ ।कार्यकारी निर्माता युवराज कार्की, निर्माताहरु नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेको चलचित्र कृष्णबहादुर थापाको छायाँकनमा निर्माण भएको हो ।  


कमेन्ट गर्नुहोस्