
ठुटिपिपल। रुपन्देहीको ओमसतिया गाउँपालिकाको आर्थिक सहयोगमा वडा नम्बर १ स्थित लखनचोक टोल सरसफाई तथा विकास समाजले ५ दिने नेतृत्व तथा उद्घोषण तालीम आज सम्पन्न भएको छ ।
कार्यक्रममा ओमसतिया गाउँपालिका का उपाध्यक्ष सुनिता चौधरीले सिकेका कुरा व्यवहरमा उतार्न पर्छ भन्दै उहाले तालीम लिनु मात्र ठुलो कुरा नभएको भन्दै तालीमलाई व्यबाहारमा उतार्न आग्रह गर्नु भयो । ओमसतिया वडा नम्बर १ का अध्यक्ष बेल बहादुर बराल मगरले सबै सहभागीलाई सिकेका कुरा लाई व्यवहारमा लागू गर्न सुझाव दिनु भएको हो । कार्यक्रममा वडा सदस्य गगा बुचा , सल्लाहकार यम बहादुर थापा समाजसेवी लक्ष्मण सुवेदी लगायतले शुभकामना दिनु भएको हो । सहभागीको तर्फ देखि शान्ति देवकोटा र मिना पुनले बोल्दै सिकेका कुरालाई व्यवहारमा उतार्ने बताउनु भएको हो ।
कार्यक्रम टोल समाजका अध्यक्ष लाल कुमारी थापा माया अध्यक्षता, ओमसतिया गाँउ पालिका का उपाध्यक्ष सुनिता चौधरीको प्रमुख आतिथ्यता, समाजका उपाधयक्ष हों राज खत्रीको स्वागत मन्तव्य र कार्यक्रम को सञ्चालन समाजका सचिव मनु छन्तेलले गर्नुभएको थियो । फोनिजका वरिष्ठ उपाध्यक्ष सरु रानाले सहजीकरण गर्नु भएको तालीममा टोलका ४० जनाको सहभागिता रहेको छ ।
कमेन्ट गर्नुहोस्