लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रोसेस बने भ्वाइस अफ नेपाल सिजन ६ को विजेता

IMG

बुटवल।प्रोसेस पाण्डेले ‘द भ्वाइस अफ नेपाल’को छठौं सिजनको उपाधि हात पारेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएका हुन् । उनले उपाधिसँगै नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।प्राेसेसले टिम खेम सेन्चुरीको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।


गायक सेन्चुरी पहिलो पटक ‘द भ्वाइस अफ नेपाल’को जर्ज बनेका थिए । यस्तै टिम मेलिना राईबाट रोशन राई फस्ट रनरअप भएका छन् ।यस्तै सेकेन्ड रनरअप टिम राजु लामाबाट प्रमेश राई बनेका छन् । अर्पना आचार्य थर्ड रनरअप बनेकी छन् । उनले टिम उदय सोताङबाट प्रतिनित्व गरेकी थिइन् ।ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ विभिन्न ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्