
बुटवल । लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीको वार्षिक भित्तेपात्रो बिमोचन भएको छ। बुटवल स्थित होटल ओजन 24 मा एक कार्यक्रमका बिच लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष दिनेश अर्याल लगायत पदाधिकारीले भित्तेपात्रो बिमोचन गरेका हुन।भित्तेपात्रो बिमोचन समारोहमा बोल्दै संघका अध्यक्ष दिनेश अर्यालले नयाँ वर्षको शुभकामना ब्यक्त गर्दै क्यालेन्डरले फोटोग्राफर संघमा आबद्धहरुको उपस्थिति गर्विलो भएको बताए।
उनले भित्तेपात्रो बिमोचनमा बिज्ञापन दिएर सहयोग गर्ने बिज्ञापनदाताहरूलाई आभार समेत प्रकट गरेका थिए।कार्यक्रममा संघका सल्लाहकार तथा नेपाल फोटोग्राफर महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र उपाध्याय,लुम्बिनी फोटोग्राफर संघका सस्थापक अध्यक्ष निलकन्ठ भट्टराई, बुटवल उपमहानगर पालिका वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपाने, उपाध्यक्ष माधव प्रसाद पन्थ, बरिष्ठ उपाध्यक्ष राम प्रसाद भण्डारी, महासंघका बरिष्ठ उपाध्यक्षहरु, लुम्बिनी फोटोग्राफर संघमा आबद्ध आजीवन सदस्य, पुराना तथा नयाँ फोटोग्राफर, केन्द्रिय सदस्य तथा जिल्ला सदस्य प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रम महासचिव त्रिभुवन पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो। क्यालेण्डरमा संघका बार्षिक कार्यक्रम समेत समेटिएका छन्।
कमेन्ट गर्नुहोस्