लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शिक्षकको आन्दोलन फिर्ता, भोलिदेखि स्कुल खुल्ने

IMG

तिलोत्तमा।आन्दोलन शिक्षकले काठमाडौं केन्द्रित आन्दोलन फिर्ता लिएका छन्। विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र जारी गर्ने प्रतिवद्धतासहित शिक्षकहरूले आन्दोलन स्थगित गरेका हुन्।यससँगै ठप्प रहेको स्कुल भोलिदेखि खुल्ने भएका छन्।


'नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय गरी सम्बोधन हुने केही मागहरुसमेत निर्णय भई आएकाले आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हड्ताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेका छौं। आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउनु हुन सबैमा अनुरोध छ,' विज्ञप्तिमा भनिएको छ।तोकिएको समयमा ऐन जारी नभएमा नेपाल शिक्षक महासंघ फेरि अहिले भन्दा कडा सडक आन्दोलनमा जान बध्य हुने सहमति पत्रमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्