
तिलोत्तमा।राउटे मुखिया सुर्य नारायण शाहीको निधन भएको छ ।उनको ४९ वर्षको उमेरमा गए राती साढे नौ बजे निधन भएको राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका जोडी शिक्षक दुर्गा खत्रीले जानकारी दिइन् ।उनले केही दिन अघि अत्यधिक मात्रामा मदिरा सेवन गर्दै आएको र सोही कारण उनको निधन भएको हुन सक्ने खत्रीले बताइन् ।
‘उनीअहिले बिरामी भएका त थिएनन् तर, मदिराको कारण ज्यान गएको हुन सक्छ’ उनले भनिन्, ‘तीन दिन अघि मात्र एक पेटी नै मदिरा ल्याएर सबै खाएका रहेछन्।’हाल राउटे समुदाय बराहताल गाउँपालिका–८ सोत खोलामा बस्दै आएका छन् । राउटे समुदायका ३ जना मुखिया छन् । राउटे समुदायमा तीन गोत्र छन् । तीन गोत्रमध्ये उनी रास्कोटी गोत्रबाट मुखिया भएका हुन् । सूर्यनारायण २०७२ जेठमा मुखिया बनेका थिए ।राउटे समुदाय अहिले २ ठाउँमा छुट्टिएर बस्दै आएका छन् । उनी एउटा समूहको नेतृत्व गर्दै बराहताल गाउँपालिका–८ सुर्खेतको सोत खोलामा बस्दै आएका थिए भने अर्को समूह २ मुखियासहित वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ ।
अब राउटेको संख्या घटेर १३५ पुगेको छ । जङ्गलमा फिरेन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको ज्यान गएको हो ।४९ वर्षीय शाहीको गएराति सुर्खेतको बराहताल गाउँपालिका ८ सोतखोलामा रहेको बस्तीमा ज्यान गएको हो । अत्यधिक जाँड–रक्सी खाँदा मुखिया शाहीको ज्यान गएको राउटे समुदायसँग काम गर्दै आएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्