
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एक महिनामा ५९ लाख ५१ हजार ३ सय ६१ रुपैया बराबरको भन्सार छलीका विभिन्न वस्तुहरु बरामद गरि भैरहवा भन्सार कार्यालय चलान गरेको छ । खुला सिमाका कारण चोरी तस्करी पनि व्यापक हुने हुदा न्यूनिकरण र नियन्त्रणमा लागेकाे रुपन्देही प्रहरीले अघिल्लो महिनामा १ करोड ८ हजारको सामानहरु नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको सामान मध्ये ४ लाख ३२ हजारको किराना समाग्री, ३७ लाख ६९ हजारको सवारीसाधन, ७ लाख ६७ हजारको कपडा, ४ लाख ८४ हजारको कुखुरा तथा माछा। र ४ लाख ७२ हजारको अन्य सामान रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुरज कार्कीले भने ।
यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चैत्र महिनामा ८९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भएर कैद, जरिवाना वा दुवै सजाए तोकेर भुक्तान नगरेका फरार प्रतिवादीलाई पछिल्लो समय रूपन्देही प्रहरीले अभियानकै रुपमा कार्य अगाडि बढाएको छ । चैत्र महिनामा ८९ जना फरार प्रतिवादी पक्राउ गरि ४५ वर्ष ९ महिना १३ दिन र ४४ लाख २२ हजार ४ सय ९४ रुपैया जरिवाना असुल उपर गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । कार्यालयका अनुसार सजाय अवधि तोकिएको २० वर्ष पछि २७ जना, १५ वर्ष पछि ११ जना, १० वर्ष पछि २१ जना, ५ वर्ष पछि १५ जना र ५ वर्ष भन्दा कमको अवधिका १५ जना गरि कुल ८९ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको छ, अघिल्लो महिनाम ११३ जना पक्राउ परेका थिए ।
रुपन्देही प्रहरीले नियमित कामसगै पछिल्लो समय अदालतको फैसला कार्यान्वयन गर्न फरार प्रतिवादी खोजी गर्ने काममा लागेको बताउदै कहिले कम कहिले बढि रुपमा फरार प्रतिवादीहरु पक्राउ गरिरहेका छौ । सजाय फैसला भएका त्यस्ता व्यक्तिहरु समाजमा खुलेआम घुमफिर गर्नु पनि सुरक्षा चुनौतिको रुपमा रहेकोले पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख रंजित सिंह राठौरले भने । फौजदारी र देवानी दुवै प्रकृतिको मुद्दामा फरार प्रतिवादीहरूलाई निरन्तर पक्राउ गरिरहेको छौ, जसका लागि हामीले अभियान नै चलाएर निर्ममताका साथ काम गरिरहेको एसपी राठौरले भने ।
यसै अवधिमा जिल्ला कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलीले बिभिन्न स्थानहरुबाट अबैध माटो तथा बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा ९ वटा टयाक्टर, ४ वटा जेसिभी र ७ वटा टिप्पर, हाइबा बरामद गरि आवश्यक कारवाहीको लागी सम्बन्धित पालिकाको कार्यालयमा पठाईएको ७ लाख ०८ हजार १३६ रुपैया जरिबाना भएको बताए ।यसै अवधिमा जिल्लामा १४८ वटा विभिन्न मुद्दाहरु दर्ता भएको र ५३ वटा फछर्यौट भएको छ, दर्ता भएको मुदा मध्ये ९९ जनालाई पक्राउ गरिएकोमा ४६ जना फरार रहेकोले खोजी कार्य भइरहेको छ । चैत्र महिनामा घरेलु हिंसाको ५४ वटा उजुरी आएकेमा ३७ जनालाई सहमती गरि पठाइएको छ भने १७ वटा बाकी रहेको छ । एक महिनामा १६ जनालाई आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ जसमध्ये बढि १९ वर्ष देखि ३५ वर्षको उमेर समूहमा रहेका छन । प्रहरीले नियमित कामसँगै समुदायसँग साझेदारीको कार्यक्रम पनि व्यापक रुपमा गर्ने गरेको छ विभिन्न सचेतनामुलक कार्यक्रम जिल्ला भर २०८ वटा गरेकोमा ८ हजार ४३ जना लाभन्वित भएको कार्यालयले जानकारी दिएको छ ।
यस्तै यस अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय एवं मातहतको संयुक्त टोलीबाट गरिएको सवारीसाधान चेकिङ्गबाट ३ हजार ८ सय ३६ वटा सवारी साधान कारवाही गरि ४३ लाख ३६ हजार राजश्व संकलन भएको छ ।पल्लिो समय रुपन्देहीमा लागुऔषधको गतिविधीहरु पनि बढ्दो रहेको पाइएको छ , न्यूनिकरण भएको लागु औषधको प्रयोग र विक्री वितरण पछिल्लो समय बरामद भएको तथ्याङकले पुनः मौलाउदै गएको देखिन्छ । कार्यालयले लागु औषध सहित विभिन्न ५ वटा ठूला घटनाबाट ४० ग्राम ब्राउन सुगर सहित ८ जनालाई पक्राउ गरेको छ । यस्तैै १९ किलो गाजाm ७२ सेट डाइजेपाम, फेनारगन नुफिन, १६३ ग्राम ब्रोउन सुगर, १७० वटा नाइट्राभेट टयाबलेट, र ५५ वटा क्याप्सुल सहित ३३ जनलाई पक्राउ गरेको छ । यस्तै चैत्र महिनामा ५१ वटा मोबाइल हराएको निवेदन परेकोमा १५ वटा फेला पारि सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।
मौसम परिवर्तन सँगै रुपन्देहीमा आगालागीको घटना पनि बढेको छ । चैत्र महिनामा मात्रै ९ वटा आगलागाी को घटना भई २ जना घाइते भएका छन भने ३३ लाख ४४ हजारको क्षति र ७ वटा गोठमा क्षति भएको छ । यस्तैै जिल्लामा विभिन्न निवेदनको ६ सय ४९ वटा ठाडो उजुरी परेकोमा अधिकांस शान्ति सुरक्षा र लेनदेनको रहेको कार्यालयले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्