
तिलोत्तमा।तिलोत्तमा नगरपालिकाको आयोजना तथा सिमसन बुटिकको प्राबिधिक सहयोगमा संचालित ४५ दिने फेसन डिजाईनिङ तथा बुटिक तालिम सम्पन्न भएको छ । २५ जना प्रशिक्षार्थी सहभागी भएको तालिम बुधबार सम्पन्न भएको होे । नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमद्वारा पुराना लघु उद्यमीहरुलाई स्तरउन्नोति गरि व्यवसाय विस्तार तथा गुणस्तरीय वस्तु उत्पादन गर्न दक्ष बनाई आर्थिक रुपमा सक्षम बनाउने उदेश्यले सो तालिम संचालन गरिएको मेड्पा शाखा प्रमुख शान्ता बि.क.ले बताउनुभयो।
सो एड्भान्स सिलाईकटाई तथा फेशन डिजाइनर सम्बन्धि सीप विकास तालिमको समापन कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले महिलाहरुलाई सक्षम र स्वरोजगार बनाउन फेसन डिजाईनिङ तथा बुटिक तालिमको आयोजना गरिको बताउनुभयो।सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर-६ का अध्यक्ष एबम आर्थिक बिकास समितिका संयोजक गणेश पाठकले महिलाहरु आत्मनिर्भर भए मात्र हिँसा, अबहेलनाबाट मुक्त भै समाज बिकास निर्माण र प्रगतिमा जाने बताउनुभयो। उहाँले तालिम लिएर सदुपयोग गर्दै उद्यममा जोडिनुपर्ने समेत बताउनुभयो।तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोग तथा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा )मार्फत तालिम सञ्चालन गरिएको थियो ।
समापन समारोहमा सामाजिक शाखा प्रमुख अल्पा घिमिरे, प्रशिक्षक सिमा पाण्डे, मेड्पा शाखा प्रमुख शान्ता बि.क.,शकुन्तला ढकाल लगायतले बोल्दै आगामी दिनहरुमा पनि यस्तै खाले तालिमहरुको आयोजना गर्दै तालिमको सहि सदुपयोग गर्दै समाजलाई उद्यमको दिशा तर्फ उन्मुख गराउन सबैको सहयोग हुनुपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।४५ दिने फेसन डिजाईनिङ तालिमकी प्रशिक्षक सिमा पाण्डेले प्रशिक्षार्थीहरुलाई आफुहरुले सिकेका सिपलाई आफुभित्र सिमित नराख्न आग्रह गरेकी छिन्।तालिमका प्रशिक्षार्थीहरुले पनि तालिमले व्ययवसयीहरुलाई आफ्नो व्यवसाय सुदृढिकरण गर्न र अन्यलाई व्यवसाय सुरु गर्ने हौसला प्राप्त भएको बताएका छन् ।
कमेन्ट गर्नुहोस्