
तिलोत्तमा। बस्याल बंश समाज नेपालको २९ औं साधारण सभा तथा स्थापना दिवस सम्पन्न भएको छ । शनिबार तिलोत्तमा-१६ पर्सहवा स्थित बस्याल कुल मन्दिर तथा बिन्ध्वासिनी धामको सभाहलमा साधारण सभा सम्पन्न भएको हो ।साधारण सभा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालको प्रमुख आतिथ्यता र समाजका अध्यक्ष रामप्रसाद बस्यालको सभापतित्व र समाजको सचिव जिवलाल बस्यालको सञ्चालनमा कार्यक्रम चलेको थियो ।
कार्यक्रममा समाजका अध्यक्ष बस्यालले समाजले विगत बर्षहरूमा गरेका प्रमुख कार्यबारे सभालाई अवगत एवं स्मरण गराउनुभयो ।एतिहासिक अनुसन्धान र बंशावलीको अभिलेख राख्न बैदिक धर्मावलम्वी आर्य संस्कृतिका परिपालक धनञ्जय ऋषिका सन्तती बस्याल बंश परिचयको रुपमा वंशावली झन्डै २ दशकपछि प्रथम संस्करण २०७७ मा प्रकाशन गरिएको जानकारी गराउँदै देशका विभिन्न भागमा छरिएर रहेका बश्याल बन्धुहरुलाई एउटै छातामुनी समेटेर भाइचाराको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्य अनुरुपसमाज गठन भएको अध्यक्ष बस्यालले बताउनुभयो।
सो अवसरमा बोल्दै प्रदेश गण्डकीका मन्त्री बस्यालले समाजको लागि योगदान दिने सबै बस्यालबन्धु परिवार प्रति धन्यबाद र आभार व्यक गर्दै आगामी दिनमा अझ प्रगतिको कामना गरे। बस्यालहरुको राजनीतिक तथा सामाजिक र आर्थिक क्षेत्रमा समेत उच्च स्थान भएकोले यसको गरिमा अझ संसार भर फैलाउन सबै एकजुट हुनुपर्ने बताए।कार्यक्रमका बिशिस्ठ अतिथि नेपाल सरकार पुर्व सचिव हरि प्रसाद बस्यालले कार्यक्रमलाई सम्बोधन गर्दैँ कार्यसमिति सबैलाई धन्यवाद दिदैँ समाजको गठनले समग्र बश्यालहरुको पुस्ताको जानकारीसँगै एक आपसमा सुख, दुःख साटासाट गर्नुका साथै सहयोगी भावनाको विकास गर्ने हुँदा सबैको सहकार्य आवस्यक रहेको बताउनुभयो ।साथै समाजको केन्द्रिय कार्यलय निर्माणमा सबैले आ –आफ्नोक्षेत्रबाट सहयोग गर्नुपर्ने कुरालाई जोड दिदैँ सामाजिक न्याय स्थापित गर्न , जनआवाजलाई मुखरित बनाउन सहयोग गर्न र आर्थिक तथा सामाजिक विकासका सरोकारवालालाई जिम्मेवारी बन्न प्रेरित गर्ने गरि समाज लाग्नुपर्ने कुरालाई जोड दिनुभएको थियो ।
कार्यक्रममा समाजका सल्लाहकार एवम् बिशिष्ट अतिथिहरु शुद्धोदन गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद बस्याल, रुद्र नाथ बस्याल, कौशलराज बश्याल, चुडामणि बस्याल, कृष्ण प्रसाद बस्याल, मणि बस्याल, धनिश्वर बश्याल चन्द्रकान्त बस्याल, अर्जुन बश्याल, रामप्रसाद बश्याल लगायतले कार्यक्रममा शुभकामना मन्तब्य साथै समाजलाईअगाडि बढाउन आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।यस्तै, कार्यक्रममा समाजका उपाध्यक्ष होमराज बश्यालले स्वागत गर्नुभएको थियो भने रक्तदान र स्वास्थ्य शिविर समेत आयोजना गरिएको कार्यक्रममा बिभिन्न क्षेत्रीय संयोजकहरु, बस्याल आमा बुवा दाजुभाई तथा दिदि बैनीहरुको सहभागीता रहेको थियो ।
समाजले तिलोत्तमा–१६ पर्सहवामा २ कठ्ठा क्षेत्रफलमा सुविधासम्पन्न दुईतले केन्द्रिय कार्यालय भवन बनाउने योजना अनुसार भवननिर्माणको काम ढलान सम्पन्न भएको तर अन्य निर्माण भइरहेको जनाएको छ।उक्त भवनको पहिलो तलामा ३ सय जना अट्ने सभाहल र माथिल्लो तलामा केन्द्रिय कार्यालय, क्षेत्रिय कार्यालय, बैठक हल, पूजारीकोठा लगायत बन्ने समाजका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद बश्यालले जानकारी दिनुभयो ।२०८० असारमा शिलान्यास भएको भवनको पहिलो तलाको ढलाइ सम्पन्न भइसकेको छ ।भवन निर्माणका लागि दुई करोड ५० लाख लागत अनुमान गरिएको समाजका कोषाध्यक्ष होमकान्त बश्याल शंकरले बताए ।उक्त कार्यक्रममा समाजले प्रकाशन गरेको बस्याल बिबरण सहितको बि सं २०८१ सालको भित्तेपात्रो समेत बिमोचन गरिएको थियो ।
कमेन्ट गर्नुहोस्