
काठमाडौं । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार काठमाण्डौको बबहरमहल स्थित कार्की ब्यांक्वेटमा उनीहरुको वैवाहिक समारोह भएको हो ।दुवै पक्षका परिवार, आफन्त तथा कलाकारिता क्षेत्रका सिमिति साथीभाईहरुको उपस्थितीमा मिडियालाई प्रतिबन्ध गर्दै कडा सुरक्षा व्यवस्थाका बीच उनीहरुको विवाह सम्पन्न भएको हो ।
अस्मिता र महेशले गत असारमा दुबईमा रहेको बुर्ज खलिफामा इन्गेजमेन्ट गरेका थिए । लामो प्रेम सम्बन्धपछि विवाहमा परिणत भएको यो जोडीले विभिन्न गीतमा सहकार्य गरेका छन् भने स्टेज कार्यक्रममा पनि सँगै प्रस्तुति दिएका छन् ।विवाहअघि नै केही दिनदेखि हेल्दी तथा मेहेन्दी समारोह धुमधामसहित मनाइएको थियो ।
कमेन्ट गर्नुहोस्