
बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पार्टी भित्रको क्याम्प बदलेको गाईगुई चलिरहेकै बेला त्यसलाई पुष्टि गर्नेगरी अभिब्यक्ति दिएका छन्। नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवामा पृयपात्र मानिने बालकृष्ण खाँणले गृहनगरमै आयोजित एक कार्यक्रममा अव आफु शेखर समुहको लाईनमा उभिएको बताएका हुन्। लामो समय देउवाको साथमा रहेका उनी भुटानी शरणार्थी प्रकरण पछि सभापती देउवा संग असन्तुष्ट रहँदै टाढिएका थिए।
भुटानी शरणार्थी प्रकरणमा थुनिएको बेला देउवाको साथ नपाएको बुझेका खांणले बिगतमा निरन्तर देउवाको सम्पर्कमा रहने उनी थुनामुक्त भए पछि देउवासंग भेटघाट गर्न समेत गएका थिएनन्।थुनामुक्त भए संगै उनको छलफल र सम्वाद बिगतको भन्दा फरक ढंगले संस्थापन समूहका नेताहरु भन्दा शेखर समुहका नेताहरुसँग सम्बन्ध बढाउँदै लगेका थिए। खाण निकटस्थहरुका अनुसार कांग्रेस र नेकपा माओवादी केन्द्रको बलियो गठबन्धन भएकै बेला आफु थुनामा बस्नु परेको र अप्ठेरोमा देउवाले साथ नदिएको गुनासो उनको थियो।
आइतबार रुपन्देहीको तिलोत्तमामा नेपाली कांग्रेसको सूचना तथा सञ्चार विभागले आयोजना गरेको कार्यक्रममा डा. शेखर कोइराला र डा. मिनेन्द्र रिजाल संगै रहेका खाणले आगामी दिनमा यि दुई डाक्टरलाई आफुले कहिल्यै साथ नछोदिन भन्दै बचन दिएका थिए।नेता खाँणले घुमाउरो पारामा अब देश चलाउन सक्नेलाई पार्टीको जिम्मेवारी दिनुपर्ने अवस्था आएको बताउँदै शेखर कोइरालातर्फ संकेत गरेका थिए । ‘जसले देश चलाउनसक्छ, जसले पार्टी चलाउन सक्छ उसैलाई साथ दिने हो, त्यो अब डाक्टरहरुले गर्नुहुन्छ, पढेर डाक्टर हुन सकिएन डाक्टर बनेकाहरुको साथमा रहिन्छ’ उनले भने।
उनले नेपाली कांग्रेसमा कृष्ण कोइरालाको योगदानलाई सम्झेर पनि त्यो लिगेसीको आधारमा शेखरलाई अघि सार्नुपर्ने भूमिका बाँधेका थिए।खांणले नेपाली कांग्रेसको बिधानले तोकेको समयमा महाधिवेशन गर्ने कुरालाई यताउती गर्न नहुने बताएका थिए। कांग्रेसको बिद्यान अनुसार समयमै महाधिवेशन हुन्छ अहिले नै त्यो बिषयमा चिन्ता लिनै पर्दैन उनले भने।
कमेन्ट गर्नुहोस्