
तिलोत्तमा।अमेरिकी कम्पनी फाअरफ्लाई एअरोस्पेसले पठाएको यान चन्द्रमामा अवतरण गरेको छ । चन्द्रमामा पृथ्वीबाट देखिने विशाल खाडल 'सी अफ क्राइसिस' को अन्वेषण गर्ने उद्देश्यसहित फाअरफ्लाई एअरोस्पेसले गएको जनवरी १५ तारिखमा 'ब्लू गोस्ट' नामको अन्तरिक्षयान प्रक्षेपण गरेको थियो । यो अभियान नासा र निजी कम्पनीहरूबीचको सहकार्यमा सञ्चालन भएको हो ।
'ब्लू गोस्ट' चन्द्रमामा पुग्ने दोस्रो निजी अन्तरिक्षयान हो। यसअघि सन् २०२४ को फेब्रुअरीमा अन्तरिक्षसम्बन्धी कम्पनी इन्टुइटिभ मेशिन्सले प्रक्षेपण गरेको 'ओडिसियस' चन्द्रमामा अवतरण गरेको थियो ।इन्टुइटिभ मेशिन्स कम्पनीले नै अर्काे यान अबको केही दिनमै चन्द्रमाको दक्षिणी ध्रुव नजिकै यान अवतरण गराउने तयारीमा छ ।
कमेन्ट गर्नुहोस्