लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही सियारीको गहुँबारीमा मृत फेला परेकी संगीताको हत्या भएको पुष्टी, तिलोत्तमाका युवा पक्राउ

IMG

तिलोत्तमा। गत फागुन ८ गते रुपन्देहीको सियारी १ अन्तर्गत बेथरी बेलबास करिडोरको पूर्वतर्फको लेनदेखी तलतिर गहु खेतमा फेला परेको महिलाको शवको पहिचान हुनुका साथै महिलाको हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।


रुपन्देही सियारी गाउँपालिका वडा नं. २ भगदरी स्थित बेथरी बेलबास करिडोरको पूर्वतर्फको लेनदेखी तलतिर गहु खेतमा नामथर नखुलेको महिलाको लाश उत्तानो अवस्थामा गत ८ गते फेला परेको थियो । प्रहरी अनुसन्धानबाट फेला परेको शव दाङ लमही नगरपालिका वडा नं. ७ उच्चलिम्बु बस्ने ४० वर्षिया संगीता चौधरीको रहेको खुलेको तथा संगीताको हत्या भएको प्रहरीले जनाएको छ । हत्या अभियोगमा प्रहरीले रूपन्देही तिलोत्तमा नगरपालिका वडा न.१२ का ४२ वर्षिय अमिरीका थारु (अजय थारु)लाई पक्राउ गरेको हो ।


दुबैजना संगसंगै ज्याला मजदुरीको काम गर्ने र कामबाट फर्केर मादक पदार्थ सेवन गरी झै-झगडा गर्ने क्रममा अजयले नजिकै रहेको ढुङ्गाले हानेर संगीताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए । शव फेला परेको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा स्निफिङ डग सहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको जनाउँदै उनले अनुसन्धानकै क्रममा अजय पक्राउ परेको बताए ।प्रहरीले पक्राउ परेका अजयबाट हत्या अभियोग खुल्ने दशी प्रमाण फेला परेको र सोही प्रमाणका आधारमा अनुसन्धान भइरहेको पनि डीएसपी कार्कीले बताए । प्रहरीले पक्राउ परेका अजयलाई जिल्ला अदालतबाट ८ दिन म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्